मायादेवीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

मेचीकाली संवाददाता

२५ फाल्गुन २०८१, आईतवार
92 shares

तुलसीराम पौडेल —

मायादेवी ,फाल्गुन २४ 

रुपन्देहीको मायादेवी गाउँपालिकामा बृहत नि:शुल्क शिविर सम्पन्न भएको छ।संजय साई सेवा समुह भैरहवाको आयोजना र मायादेवी गाउँपालिकाको मुख्य आयोजनामा उक्त शिविर सम्पन्न भएको हो ।

शिविरमा ३४५ जनाले स्वास्थ्य सेवा लिएको र १०१ जनाको ल्याब ( सुगर ,पिसाब ,प्रोटिन ) जाँच गराएको मायादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभुनाथ चौधरीले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा छाला रोग विशेषज्ञ डाक्टर अब्दुल हाकिम खान ,महिला तथा  प्रसुती रोग विशेषज्ञ डाक्टर सरस्वती दिक्षित थापाले सेवा दिइरहनु भएको थियोे ।

त्यसै गरि अन्य विशेषज्ञहरु डाक्टर आरीफ हुसेन ,डाक्टर बिनोद खनाल ,डाक्टर मिलन सेधै ,डाक्टर सन्दिप कुमार यादव लगायतले शिबिरमा सेवा दिइरहनु भएको थियोे ।

 संजय साइ सेवा समाज भैरहवाका अध्यक्ष राजेन्द्र जङ्ग थापाको अध्यक्षता तथा मायादेवी गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डाक्टर आरीफ खानको स्वागत मन्तव्य रहेकोे थियोे ।कार्यक्रमको संचालन कुमार केसिले गर्नुभएको थियोे ।