तुलसीराम पौडेल —
लुम्बिनी ,फाल्गुन २४
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न भएको हो ।लुम्बिनी सांस्कृतिक नगरपालिकाको आयोजना ,नेपाल नियमित रक्तदाता संघ तथा रोटरी ई क्लबको सहयोगमा रक्तदान तथा निशुल्क शिबिर कार्यक्रम सम्पन्न भएको हो ।रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका थिए ।
निशुल्क शिविर कार्यक्रममा २४६ जना बिरामिहरुले हाडजोर्नी तथा जनरल सेवा लिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव घिमिरेले जानकारी दिनुभयो ।कार्यक्रम लुम्बिनी सांस्कृतिक नगरपालिकाको कर्महवा माविमा सम्पन्न भएको थियोे ।
ध्रुप यादवको अध्यक्षता,नगर प्रमुख सजरुद्दिन मुसलमानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रम सम्पन्न भएको हो ।




