लुम्बिनी सांस्कृतिक नगरपालिकामा रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२५ फाल्गुन २०८१, आईतवार
534 shares

तुलसीराम पौडेल —

लुम्बिनी ,फाल्गुन २४ 

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न भएको हो ।लुम्बिनी सांस्कृतिक नगरपालिकाको आयोजना ,नेपाल नियमित रक्तदाता संघ तथा रोटरी ई क्लबको सहयोगमा रक्तदान तथा निशुल्क शिबिर कार्यक्रम सम्पन्न भएको हो ।रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका थिए ।निशुल्क शिविर कार्यक्रममा २४६ जना बिरामिहरुले हाडजोर्नी तथा जनरल सेवा लिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव घिमिरेले जानकारी दिनुभयो  ।कार्यक्रम लुम्बिनी सांस्कृतिक नगरपालिकाको कर्महवा माविमा सम्पन्न भएको थियोे ।

ध्रुप यादवको अध्यक्षता,नगर प्रमुख सजरुद्दिन मुसलमानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रम सम्पन्न भएको हो ।