पिक सिटि महोत्सव सम्पन्न

मेचीकाली संवाददाता

३ चैत्र २०८१, सोमबार
107 shares

मुक्ति न्यौपाने

वालिङ । माघ २१ देखि सचालन भएको वालिङ् खेलमैदानमा आयोजित प्रथम पिङ्कसिटी महोत्सव—२०८१ सम्पन्न भएको छ ।
चेम्वर अफ कमर्श वालिङले ‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ’ भन्ने मूल नारासहित चैत्र ३ गतेसम्म १२ दिने महोत्सवको आयोजना गरेको थियो ।
महोत्सव समापन कार्यक्रममा सम्वोधन गर्दै संविधानसभा सदस्य राजकाजी गुरुङले आर्थिक चलामानका लागि मेला महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
स्याङ्जा जिल्लाकै धेरै जनसङ्ख्या रहेको ठूलो बजारको रूपमा महोत्सव सञ्चालन गरेर आर्थिक चलायमानमा महत्वपूर्ण टेवा पुर्‍याएकोमा आयोजक चेम्वर अफ कमर्शलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विद्युत बेचेर अथवा लोडसेडिङबाट मुक्त गरेर नेपालको अबको बिकासलाई राम्रो आधार प्रदान गर्न सक्छ ।
यसैगरी दोस्रोमा नेपाललाई धनि बनाउने कुरा कृषि हो, हाम्रा जमिनहरु धेरै बाँझा भैसकेका छन् । हाम्रा राजनीतिक दलका नेताहरुले ध्यान दिन सकिएको छैन ।
आज छिमेकी मुलुकबाट खाद्यान्न लगायतका सामान ल्याएर उपभोग गर्नु भनेको दुःखको कुरा हो । त्यसैले अब कृषिको क्षेत्रमा लाग्नुपर्छ भनेर त्यो दिशातिर उन्मुख भएर काम गर्न थालेका छौं । यसमा सबैको साथ सहयोग आवश्यक पर्छ संविधानसभा सदस्य गुरुङले भने ।
कार्यक्रमको समापन गर्दै आयोजक चेम्वर अफ कमर्शका अध्यक्ष प्रकाश न्यौपाने किरणले प्रथम पिङ्कसिटी महोत्सव भव्यरुपमा सफल भएको बताए । १२ दिने महोत्सवमा हजारौं दर्शकहरुले अवलोकन गरेको अध्यक्ष न्यौपानेले बताए ।
उनले भने महोत्सवका लागि वालिङ नगरपालिका, मुख्य प्रायोजकको भूमिका रहेको गरिमा विकास बैंक विशेष धन्यवादको पात्र भएको बताए । यसैगरी स्थानीय क्लवहरु, संघ संस्था, महोत्सव सञ्चालनका लागि जग्गा उपलव्ध गराउनुहुनेहरु, सञ्चारकर्मी, सुरक्षा निकाय एवम् आम दर्शक महानुभावहरु प्रति अध्यक्ष न्यौपानेले हार्दिक आभार व्यक्त गरे ।
यसैगरी उहाँले विभिन्न उपसमितिमा रहेर काम गर्नुहुने चेम्वरका जिम्मेवार साथीहरु एवम् सहयोगी मनहरु प्रति पनि हार्दिक कृतज्ञता व्यक्त गरे ।
महोत्सवमा युवाहरुमा लोकप्रिय तथा राष्ट्रिय खेल भलिबलको पालिकास्तरीय प्रतियोगिता सञ्चालन भएको थियो ।
प्रतियोगितामा गल्याङ नगरपालिकाको टीमले प्रथम स्थान हाँसिल गरेको छ । यसैगरी बिरुवा गाउँपालिका दोस्रो, भीरकोट तेस्रो र वालिङले सान्त्वना स्थान हाँसिल गरेका छन् । भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टीमले क्रमशः १ लाख ५५ हजार, १ लाख ५ हजार, ५५ हजार र २५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत भएका छन् ।
समापन कार्यक्रममा भलिबल प्रतियोगितामा विभिन्न स्थान हाँसिल गर्ने टीम तथा खेलाडीहरुलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको थियो ।
समापन कार्यक्रम प्रकाश किरण न्यौपानेको अध्यक्षतामा संचालन महासचिव गणेश राउत र स्वागत बरिस्ठ उपाध्यक्ष मणि प्रसाद पगेनीले गरेका थिए ।
बोल्ने ब्याक्तीहरुले यस्ता महोत्सवले दिगो आर्थिक विकास लाई टेवा पुराउने बताएका थिए।