

तुलसीराम पौडेल —
मायादेवी ,चैत ५
रुपन्देहीको मायादेवी गाउँपालिकामा मंगलबारदेखि ३ दिने योग साधना शिविर शुरु भएको छ। स्वस्थ्य जिवनशैली एवं तनावबाट मुक्त जीवन जिउने कलाको विकास गर्नको लागि मायादेवी गाउँपालिका आयुर्वेद शाखा रुपन्देहीको आयोजनामा गाउँपालिकाका जनप्रतिनिधिहरु तथा पदाधिकारीहरु ,कर्मचारी ,स्वास्थ्य संस्था प्रमुखहरुको लागि योग साधना शिविर संचालन गरिएको हो ।योग साधना शिविर कार्यक्रमका अध्यक्ष एवं गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले मायादेवीमा ३ दिनसम्म चल्ने योग साधना शिविरबाट जनप्रतिनिधि तथा कर्मचारीहरुलाई स्वस्थ्य जीवन शैली जिउन र तनावबाट मुक्त भैई काम गर्ने कार्यकुशलताको ज्ञान प्राप्त हुने बताउनु भयो ।कार्यक्रमको सहजीकरण प्रमुख प्रशिक्षक पतन्जली योग समिति केन्द्रीय कार्यालयका उपाध्यक्ष ललित शंकर योगिले गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रम अन्तरगत प्रशिक्षक योगिले जिवनमा जे जस्तो समस्या विपद भएपनी प्रफुल्ल रहेर जीवन जिउनुपर्ने बताउनु भयो ।यदि समस्या समाधन हुने खालको हो भने चिन्ता किन लिने ? समाधान नहुने खालको हो भने चिन्ता लिएर समाधान नहुने भएपछि पनि चिन्ता किन लिने ? तसर्थ चिन्ता लिनु भनेको शरिरको स्वास्थ बिगार्नु हो भन्ने उहाँको भनाइ थियोे ।मानिसले २४ घण्टामा १ घण्टा आफ्नो जीवन स्वस्थ्य तथा प्रफुल्ल मय बनाउन योग ध्यानमा समय दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा पतन्जली योग समिति रुपन्देहीका अध्यक्ष राजन नेपाल ,उपाध्यक्ष शोभा ज्ञवाली र सचिव सीता अर्यालको आतिथ्यता रहेको थियोे ।
प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलको अध्यक्षता तथा स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन आयुर्वेद शाखा प्रमुख ध्रुव राज भण्डारीले गर्नुभएको थियोे।