

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले १९ वटै वडामा विशेष प्रशिक्षणसहितको अभियान सञ्चालन गर्ने भएको छ । अभियानको प्रारम्भमा उपमहानगरका विभिन्न तहका नेताहरू, योजनाविद् तथा जनवर्गीय संगठनका अगुवाहरूसँग अन्तत्र्रिmयाहरु गरिसकिएको छ ।
अभियानको क्रममा पोलिटब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरी, पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, केन्द्रीय सदस्य शिवराज सुवेदी, गोमा आचार्य, सावित्रा अर्याल, केन्द्रीय सल्लाहकार नेत्र पन्थी, नेता तुलसीप्रसाद चौधरीसहित केन्द्र, प्रदेश कमिटी तथा जिल्ला कमिटीस्तरीय विभिन्न तहका नेताहरूको सहभागितामा योजना छनौटका लागि छलफल र अन्तत्र्रिmया गरिएको उपमहानगर कमिटीले जनाएको छ । छलफलमा विषयगत विज्ञ, पूर्व जनप्रतिनिधि र नागरिक अगुवाहरूको समेत सहभागिता रहेको थियो ।

टोल विकास संस्थालक्षित कमिटी र सहकार्य
बुटवलका १९ वटा वडामा रहेका २९३ वटै टोल विकास संस्थालाई लक्षित गरी कमिटी गठन, पुनर्गठन, प्रशिक्षण, योजना छनोट तथा कार्यान्वयनमा सहजीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उपमहानगर कमिटी अध्यक्ष शोभाखर पोखरेलले जानकारी दिए ।
हालसम्म २७८ टोलमा कमिटी गठन, प्रशिक्षण, नवीकरण तथा योजनाको कार्यान्वयन अवस्थाको मिहिन समीक्षासहितको सर्वेक्षण गरिएको छ । अब ती टोलहरुमा योजना छनौट र तिनको प्राथमिकताका साथै स्रोतको सुनिश्चितताका लागि समेत विशेष छलफल कार्यक्रम गरिने छ । कार्यक्रमका लागि कार्यक्रम गर्नेभन्दा पनि यथार्थ अवस्था बुझाउने र तलका सबै सूझावहरुलाई संकलन गरेर मातहतमा प्रतिवेदनसहित रिपोर्ट बुझाउने गरी अभियान तय भएको अध्यक्ष पोखरेलले बताए ।
गलत सूचना र भ्रमको अन्त्य गर्न विशेष प्रशिक्षण
अभियान अन्तर्गत पार्टी नेतृत्वविरुद्ध भइरहेका भ्रम, विषवमन तथा तथ्यहीन समाचारको पहिचान र त्यसको खण्डनका लागि विशेष प्रशिक्षण सञ्चालन गर्ने योजना बनाइएको छ । सामाजिक सञ्जालको दुरुपयोग, मिसइन्फर्मेशन र पूर्वाग्रही प्रचारलाई न्यूनीकरण गर्न प्रचार विभाग, आइटी विज्ञ तथा योजनाविद्हरूसँग सहकार्य गरिने भएको छ । यसमा अहिले प्रस्ताव गरिएका नयाँ ऐन तथा सामाजिक सञ्जाल विधेयक र राज्यले गर्न गरेको नियमनका बारेमा समेत जानकारी गराइनेछ । सामाजिक सञ्जालको सदुपयोग गर्दै तिनको दुरुपयोगबाट हुने क्षतिका बारेमा विशेष जानकारी समेत गराइने छ ।

वडाकेन्द्रित जरा अभियान र टोल विशेष अभियान
उपमहानगर कमिटीले चैत ९ गतेदेखि वडाकेन्द्रित जरा अभियान तथा टोलकेन्द्रित विशेष अभियान सञ्चालन गर्नेगरी तालिका तय गरेको छ । यो अभियान पहिलो चरणको हुने र त्यसपछि विषयगत रुपमा अरु अभियान सञ्चालन गरिने भएको छ ।
समग्र उपमहानगरका गतिविधिहरू योजनाबद्ध बनाउन नेतृत्व तहका पदाधिकारी तथा विषय विज्ञहरूसँग परामर्श गरी कार्यक्रमको खाका तयार पारिएको र अब कार्यान्वयनमा लैजानेगरी तय भएको उपमहानगर कमिटीका सचिव दिनानाथ भट्टराईले बताए ।
नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डीआर घिमिरेका अनुसार भ्रममुक्त सूचना प्रवाह गर्न विशेष प्रशिक्षण सामग्रीसमेत तयार पारिएको छ । प्रशिक्षण, समीक्षा, गुनासा संकलन, पुनर्मिलन, विकास योजनाको समीक्षा, प्राथमिकता निर्धारण, सुदृढिकरण, शुद्धिकरण, नवीकरण, विस्तार तथा घरदैलो अभियान कार्यक्रम तय गरिएको छ ।
मिथ्या सूचनाबाट कसरी बच्ने, सत्य सूचना कसरी थाहा पाउने, तथ्यका आधारमा सत्य कसरी स्थापित गर्ने र पार्टीको अगुवाईमा भइरहेका महत्वपूर्ण कामहरुका बारेमा सूचीसहित जानकारी गराउनेगरी अभियान तय भएको पार्टीका प्रदेशका प्रचार विभाग प्रमुख घिमिरेले बताए ।
यस्ता अभियानबाट पार्टी सुदृढीकरणका साथै स्थानीयस्तरमा योजनाबद्ध विकास र प्रभावकारी जनसहभागिता सुनिश्चित गर्ने लक्ष्य रहेको उपमहानगर कमिटी अध्यक्ष पोखरेलको दाबी छ ।
पार्टीको संगठन सुदृढीकरण, विकास योजनाको प्रभावकारी कार्यान्वयन तथा जनतामाझ सत्यतथ्य जानकारी पु¥याउन यो अभियान प्रभावकारी हुने अपेक्षा गरिएको कमिटीका उपाध्यक्ष माधवकुमार खनालले बताए । उनले सबै संगठित सदस्यमाझ पुग्नेगरी सबै टोलमा विशेष अभियानको खाका बनाइएको बताए ।