

बुटवल । अर्घाखाँची भूमिकास्थान–रुपन्देही सम्पर्क समाजले नयाँ वर्ष २०८२ सालको भित्ते पात्रो (क्यालेन्डर) बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बुटवल–१३ का वडा सदस्य लालबहादुर गुरुङ, सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलवासे, प्राध्यापक प्रेम पौडेल, रामप्रसाद भुसाल, उमलाल बन्जाडे, कृष्णकुमार बन्जाडे, कमल खनाल, गिता बन्जाडे, अभय पौडेल लगायतले बोल्दै समाजलाई सशक्त र सबै सदस्यको अपनत्व हुने खालको बनाउँदै आफ्ना पिर, मर्का, सुख, दुःख साट्ने चौतारीका रुपमा समाजलाई स्थापित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा समाजका अध्यक्ष लक्ष्मण बेलवासेले भूमिकास्थानबाट विभिन्न पेसा, व्यवसाय तथा अध्ययनको सिलसिलामा रुपन्देही आएर बसेकाहरुलाई गोलबद्ध गर्दै समाजले हरेक वर्ष क्यालेन्डर प्रकाशनसँगै, रक्तदान, सरसफाई लगायत बिभिन्न रचनात्मक कामहरु गर्दै आएको बताए । साथै उनले समाजलाई थप बलियो बनाउनका लागि सदस्यहरुलाई एकजुट भई अघि बढ्न आग्रह गरे ।

सोही अवसरमा समाजका नयाँ आजिवन सदस्यहरुलाई सदस्यता प्रमाणपत्र प्रदान गरीएको थियो । यस्तै कार्यक्रममा गत फागुन २४ गते सम्पन्न भएको नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा सचिव र सहसचिवमा निर्वाचित समाजका उपाध्यक्षहरु रामप्रसाद भुसाल तथा ढुण्डिराज खनाल त्यस्तै कोषाध्यक्ष तथा सदस्यहरुमा निर्वाचित समाजका सदस्यहरु सुमित्रा खनाल, घनश्याम पौडेल, मिना खनाललाई सम्मान समेत गरिएको थियो ।
यस्तैगरी समाजले विपद जोखिम कोष स्थापना गरेको छ । उक्त कोषमा संस्थाका उपाध्यक्ष दुण्डीराज खनालले १० हजार रुपैयाँ सहयोग जम्मा गरेका छन् । समाजका उपाध्यक्ष कृष्णप्रसाद मरासिनीको स्वागत तथा सचिव यमप्रसाद गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।