कोटही माइ गाउँपालिकामा २४ औं घुम्ती बैठक सम्पन्न

मेचीकाली संवाददाता

९ चैत्र २०८१, आईतवार
48 shares

तुलसीराम पौडेल —
रुपन्देही ,चैत १०

जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा रुपन्देहीको कोटही माइ गाउँपालिकामा २४ औं घुम्ती बैठक  सम्पन्न भएको छ।जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष उमाकान्त चापागाईंले कार्यक्रमको उद्घाटन गर्नुभयो ।घुम्ती बैठकमा गहुँको नलमा आगोलागी हुनबाट कसरी बचाउने ? निलगाइको समस्या र कोरियन नेपाल पोलि टेक्निक इन्स्िटच्युटको बारेमा आ आफ्ना विचारहरु राखेका थिए ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बैठक छलफलमा उठेका जिज्ञासा्लाई सम्बोधन गर्नुभएको थियो ।
त्यसै गरि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख चापागाईंले आगलागी ,निलगाई र कोरियन नेपाल पोलि टेक्निक इन्स्िटच्युटको बारेमा छलफल गराउनु भएको थियोे । त्यसै अवसरमा भौतिक पुर्वाधार विकास कार्यमा नेपालकै उत्कृष्ट स्थान प्राप्त  गर्न सफल सिद्दार्थनगर नगरपालिका मेयर इस्तियाक अहमद खान र उपमेयर उमा अधिकारीलाई कोटही माइ गाउँपालिकाले सम्मान गरेको थियो ।कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रा देवी अर्याल ,सिद्दार्थ नगरपालिका उपमेयर उमा अधिकारी ,शुद्दोधन गाउँपालिका उपाध्यक्ष शान्ता देवी ज्ञवाली ,कन्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगर ,सम्मरी माइ गाउँपालिका उपाध्यक्ष कुमारी प्रीयंका शाही सिंह , गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले  बैठकमा उठेका बिषयको वारेमा आ आफ्नो बिचार प्रकट गर्नु भएको थियो ।
मायादेवी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलले घुम्ती बैठकलाई नया किसिमले संचालन गर्नुपर्ने बताउनु भयो ।कोटही माइ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौड( कोहार) ले गाउँपालिकाको प्रगति तथा समस्या बारे विवरण प्रस्तुत गर्नुभएको थियोे ।
कोटही माइ गाउँपालिका अध्यक्ष बालकृष्ण त्रीपाठिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोटही माइ गाउँपालिका उपाध्यक्ष शुसिला कुमारी यादवले स्वागत मन्तव्य दिनुभएको थियो ।