खाद्य स्वच्छता तथा उपभोक्ता अधिकार सचेतना कार्यक्रम

मेचीकाली संवाददाता

११ चैत्र २०८१, मंगलवार
19 shares

बुटवल। उपभोक्ता हित संरक्षण मञ्च नेपाल बुटवल उपमहानगरपालिकाले मंगलबार खाद्य स्वच्छता तथा उपभोक्ता अधिकार सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उपभोक्ता र व्यवसायीलाई सचेत गराउन बुटवल उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालयमा सचेतना कार्यक्रम राखिएको थियो । स्वच्छ र प्रतिष्पर्धा बजार, उपभोक्ता संरक्षणको दिगो आधार भन्ने नाराका साथ बुटवल उपमहानगरपालिकाको सहकार्यमा कार्यक्रम गरिएको हो ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले उपभोक्ताको स्वास्थ्य र स्वच्छ खाद्य वस्तु विक्री वितरणका लागि नगरपालिकाले निरन्तर बजार अनुगमन र सचेतनाका कार्यक्रम गर्दै आएको बताइन । बजार अनुगमनसम्बन्धी प्रभावकारी र खाद्य स्वच्छता तर्जुमा गरी जारी गर्न आवश्यक रहेको अर्यालको भनाइ छ ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । बजारको अझै सुधार आवश्यक रहेको बताउँदै पहिलो उपभोक्ता आफै सचेत बन्नुपर्नेमा पाठकको जोड छ । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले सचेतना कार्यक्रम मञ्चले निरन्तर गर्दै आएको बताए ।

मञ्चकै पहल र सक्रियतामा बुटवलमा धेरै बजार अनुगमन भइरहेको भन्दै उनले खाद्य स्वच्छताको लागि सबै साथ र सहयोग आवश्यक रहेको बताए । कार्यक्रमा बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिृकत ठगिश्वर पोखरेलले स्थानीय बजारलाई व्यवस्थित गर्न उपभोक्ताको स्वास्थ्य सुविधा र आर्थिक हित कायम राख्न आवश्यक रहेको बताए । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २८ बमोजिम उपमहानगरपालिकाले उपप्रमुखको संयोजकत्वमा स्थानीय बजार अनुगमन समिति गठन गरेको छ । कार्यक्रममा २०० भन्दा बढीको सहभागिता रहेको थियो ।