

लुम्बिनी , चैत १४
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा बुधबार लुम्बिनी सांस्कृतिक नगरपालिकामा महिला अधिकारको कार्यान्वयनलाई प्रभावकारी तुल्याउन यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणी ज्ञवालीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य निर्मला देवी थारु चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उदघाटन गर्नु हुदै प्रमुख अतिथी चौधरीले ग्रामिण भेगमा अझै पनि महिलाहरु पछि परेकोले बिभिन्न खालका सेवा सुबिधाबाट बन्चित भएको बताउनु भएको छ । उहाले ग्रामिण भेगका महिलाहरु यौन तथा प्रजनन स्वास्थ्यका बारेमा अझै पनि खुल्न नसक्ने अवस्था रहेकोले यस्ता सचेतना कार्यक्रम मार्फत महिलाहरुलाई सचेत बनाउदै लगे मात्र महिलाहरुको स्वास्थ्यमा सुधार ल्याउन सक्ने उल्लेख गर्नु भयो ।
लुम्बिनी प्रदेश सभा सदस्य चौधरीले लुम्बिनी प्रदेशमा सुरक्षित मातृत्व प्रवद्र्धनात्मक कार्यक्रम,परिवार नियोजनका सेवा, यौन संक्रमण तथा एचआइभी एडस रोकथाम, किशोर किशोरी स्वास्थ्य मैत्री सेवा, लैंगिक समानता तथा महिला सशक्तिकण लगायतका कार्यक्रमहरुलाई जोड दिएको बताउनु भएको छ । उहाले समुदायमा स्वास्थ्य सचेतना तथा शिक्षा मार्फत नै महिलाहरुको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सकिने भएकोले आगामी दिनमा समेत यसलाई निरन्तरता दिदै जाने प्रतिबद्धता समेत गर्नु भएको छ ।
यस्तै गरी नगरप्रमुख सजरुद्धिन मुसलमानले पहिला भन्दा समाजमा अहिले धेरै परिर्वतन आएको बताउनु भएको छ । उहाले लुम्बिनीमा अझै यौन तथा प्रजनन स्वास्थ्यबारे महिलाहरु अनबिज्ञ नै रहेको बताउनु भएको छ । अधिकाश समुदायका महिलाहरु शिक्षा भन्दा नै बाहिर नै रहेको यसबारे खुलेर बोल्न नसक्ने भएकोे आफनो समस्या लुकाएर बसेको बताउनु भएको छ । उहाले शिक्षित समुदायमा यौन तथा प्रजनन स्वास्थ्यबारे चेतना हुन लागेको बताउनु भएको छ । नगरप्रमुख मुसलमानले थोरै सन्तान पाउने सबैको चाहना भए पनि मुस्लिम समुदायमा धेरै सन्तान पाउनु पुन्यको काम भएको धर्ममा नै उल्लेख भएपछि एकैपटक समाजमा परिर्वतन ल्याउन नसकिएको बताउनु भयो ।उहाले परिर्वतन एकपटक नहुने भएकोले शिक्षित समुदाय अरु समुदाय भन्दा फरक रहेको उल्लेख गर्नु भयो ।
उहाले लुम्बिनीमा बिस्तारै शिक्षा संगै स्वास्थ्य क्षेत्रमा पनि परिर्वतन आउने र यसका नगरपालिका बिशेष योजनाका साथ काम गर्ने प्र्रतिबद्धता समेत गर्नु भएको छ ।
यस्तै गरी कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीले लुम्बिनी नगरपालिका वडा नम्बर ३ भित्र रहेको प्राथमिक स्वास्थ्य केन्द्र बर्थिंग सेन्टरको रुपमा प्रदेशकै तेस्रो स्थानमा आए पनि अझै पनि त्यसको ब्यवस्थापनमा नगरपालिकाले पहल गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले नगरपालिकाको जनसंख्या अनुसार एउटा मात्र बर्थिंग सेन्टर भएकाले अन्य बिकल्पहरु खोज्नुपर्ने बाध्यता रहेको बताउनु भएको छ । उहाले बुद्ध जन्मस्थल लुम्बिनीमा ब्यवस्थित बर्थिंग हब बनाउने उदेश्यका साथ योजनाहरु अगाडी ल्याएको बताउनु भएको छ । उहाले लुम्बिनीमा बिकराल समस्याको रुपमा रहेको होम डेलिभरीमा कमी आएको बताउदै लुम्बिनीमा प्रजनन स्वास्थ्यमा धेरै सुधार आएको उल्लेख गर्नू भयो । उहाले लुम्बिनीमा सुरक्षित गर्भपतन गर्ने किशारीहरुको संख्या बढदै जानु चुनौतीको बिषय भएकोेले यसको न्युनीकरणका लागी पालिकाले पहल गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीको स्वागत मन्तब्य रहेको कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष ध्रुप यादव, वडा तथा कार्यपालिका सदस्य रुबिना खातुन, न्यायिक समिति सदस्य अहमद हुसेन खान लगायतले आ आफनो भनाई राख्दै स्वास्थ्य क्षेत्रमा अनगिन्ती समस्याहरुको भएको र यसको न्युनीकरणका लागी बिभिन्न किसिमका निती नियम, योजनाहरु किताबमा मात्रै सिमित भएको र ब्यवहारमा कार्यान्वयन नभएको गुनासो गर्नु भएको थियो । स्वास्थ्य क्षेत्रको पहुचमा नपुगेका समुदायका लागी पनि योजनाहरु ल्याउन माग गरेका गर्नु भएको छ । कागजमा मात्र कोरमहरु पुरा हुने र ब्यवहारमा धेरै कुरा लागु नभएको गुनासो गर्दै यसको कार्यान्वयनमा पहल गर्न आग्रह गर्नु भएको छ ।
यस्तै गरी स्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य अधिकृत ध्रुबराज घिमिरेले संचालन गर्नु भएको कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रभास पन्थी, दीपा खडका तथा लैंगिक समानता बारे राजेश जिसीले सहजीकरण गर्नु भएको थियो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, वडा नम्बर १ का वडाध्यक्ष सुरज कलवार, २ का वडाध्यक्ष ईनामुल्लाह फकिर, ३ का वडाध्यक्ष अकरामुद्धिन नाउ, ५ का वडाध्यक्ष खुर्शेद आलम मुसलमान, ८ का वडाध्यक्ष राजेन्द्र जैसवाल, ९ का वडाध्यक्ष कमल अख्तर फकिर लगायत स्वास्थ्य शाखाका प्रतिनिधी,लगायत जनप्रतिनिधी, सरोकारवाला निकाय लगायतको सहभागिता रहेको थियो ।