

बुटवल । बुटवलको मिलन चोकमा रहेको स्टेलर एजुकेशनमा भोलि (आइतबार) ‘ग्रान्ड एजुकेशन एक्स्पो’ हुने भएको छ । स्टेलर इन्टरनेशनल एजुकेशन र आरबीएस इन्टेलेक्ट नेपालको संयुक्त आयोजनामा एजुकेशन एक्स्पो हुन लागेको हो ।
यस क्षेत्रमा रहेका विद्यार्थीहरूका लागि उच्च शिक्षामा नयाँ ढोका खोल्न एक विशेष अवसरको रुपमा आयोजना हुन लागेको एक्स्पोमा नेपालका साथै विश्वभरका प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूको सहभागिता रहनेछ । उक्त कार्यक्रम आइतबार बिहान ११ बजेदेखि सुरु हुनेछ ।
कार्यक्रममा बिशेष वक्ताको रुपमा स्टेलर इन्टरनेशनल एजुकेशन तथा आरबीएस इन्टेलेक्ट नेपालका प्रबन्ध निर्देशक सुदिप के.सी., न्यूजिल्यान्डका पूर्व–इमिग्रेशन अफिसर जनवी सहस्रबुद्ध, लिन्कन विश्वविद्यालयकी अन्तर्राष्ट्रिय निर्देशक एनी गोह लगायतको उपस्थीति रहनेछ ।
कार्यक्रममा सहभागी हुने विद्यार्थीहरू र अभिभावकहरूले विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गरी उच्च शिक्षा अध्ययनका लागि योग्य पाठ्यक्रम चयन गर्न विशेषज्ञहरूबाट निःशुल्क परामर्श लिन सक्नेछन् ।
यस्तै, बिद्यार्थीहरुले न्यूजÞिल्यान्ड, बेलायत, अस्ट्रेलिया, क्यानडा लगायतका देशहरूमा अध्ययन गर्ने अवसरबारे विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ भने योग्य विद्यार्थीहरूका लागि छात्रवृत्ति तथा वित्तीय सहायता योजना र इच्छुक विद्यार्थीहरूले आवेदन प्रक्रियाबारे बुझेर आगामी प्रक्रिया अघि बढाउन पाउनेछन् ।
उक्त एक्स्पोमा लिन्कन युनिभर्सिटी, युनिभर्सिटी अफ ब्राडफोर्ड, वेब्स्टर युनिभर्सिटी, युनिभर्सिटी अफ तस्मानिया लगायत बिभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरू सहभागी हुने बताइएको छ । भने कार्यक्रममा सहभागी हुने विद्यार्थी, अभिभावक तथा इच्छुकहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरीएको छ ।
यस्ते मार्च ३० देखि अप्रील ३० सम्म आउने विद्यार्थीहरुलाई ३३ प्रतिशत छुटको व्यवस्था गरीएको स्टेलर एजुकेशन बुटवलका म्यानेजिङ्ग डाईरेक्टर सुर्य रिजालले जानकारी दिए ।