

मिलन गाहा
तत्कालीन अवस्थामा देशविहीन तर विभिन्न गण राज्यका राजाहरुले विभिन्न गणराज्यका नामबाट राज्य गर्थे । त्यतिबेला लुम्बिनीको सेरोफेरोमा देवदहमा कोलीय गणराज्य र कपिलवस्तुमा शाक्य वंशका राजाहरुले राज्य गर्थे । बुद्धकालमा (इपू ६ औं शताब्दी) देवदह र कपिलवस्तु साना गणराज्यहरू थिए, जसले शाक्य र कोलीय वंशको शासनअन्तर्गत स्वायत्तता उपयोग गर्ने गर्थे । कपिलवस्तु–शाक्य गणराज्य कपिलवस्तु सिद्धार्थ गौतमका पिता राजा शुद्धोधनको राजधानी थियो । यो शाक्य गणराज्यको प्रमुख सहर थियो, जुन नेपाल र भारतको सीमाक्षेत्रमा अवस्थित थियो ।
तत्कालीन अवस्थामा शाक्य गणराज्यमा सामाजिक र आर्थिक अवस्था, कृषिमा आधारित अर्थतन्त्र, व्यापार र हस्तकला प्रचलित ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र वर्गीय विभाजन, वैदिक धर्म र सनातन परम्परा प्रभावशाली देवदह–कोलिय गणराज्य देवदह कोलिय वंशको राज्य थियो, जसले शाक्य वंशसँग निकट सम्बन्ध राख्थ्यो । बुद्धकी आमा मायादेवी र उनका मामा सुप्रबुद्ध यहीँका निवासी थिए ।
राजनीतिक व्यवस्था
गणराज्य प्रणालीः कोलियहरूले पनि गणसंघ प्रणाली अपनाएका थिए । राजा सुप्रबुद्धः बुद्धका मामा राजा सुप्रबुद्ध कोलियहरूको प्रमुख थिए । शाक्य र कोलियहरू नाताले जोडिएका थिए । बुद्धका पिता शुद्धोधन शाक्य राजकुलका थिए भने उनकी आमा मायादेवी कोलिय राजकुलकी राजकुमारी थिइन् । कोलियहरू र शाक्यहरूबीच राप्ती नदीको पानी बाँडफाँटलाई लिएर युद्धको अवस्था आएको थियो, जुन बुद्धकै मध्यस्थताले रोकिएको थियो । यस्ता शक्ति संघर्षहरु सो समयमा भएको इतिहासमा पाउन सकिन्छ ।
सामाजिक र आर्थिक अवस्था
कृषिमा आधारित समाज, वैदिक परम्परा तथा हिन्दू धर्मको प्रभाव, व्यापारिक तथा सांस्कृतिक सम्बन्ध जस्ता कुराहरु यो समयमा भएको थियो । ज्ञान प्राप्तिका लागि सिद्धार्थले गृह त्याग गर्ने कुरा विभिन्न आधारहरु बुद्धकालीन दस्ताबेजहरुमा पाउन सकिन्छ ।
सिद्धार्थ गौतमको जन्म इपू ५६३ मा लुम्बिनी हालको नेपालमा भएको थियो । उनी शाक्य वंशका राजा शुद्धोधन र रानी मायादेवीका पुत्र थिए । उनको बाल्यकाल अत्यन्तै विलासी र सुरक्षित वातावरणमा बित्यो । राजकुमार सिद्धार्थलाई सुख, सुविधा, शिक्षा र सैन्य कलामा दक्ष बनाइएको थियो । ताकी राज्य सञ्चारनमा हरेक कुरामा निपुर्ण हुन सकून् । उनको विवाह यशोधरासँग भयो र तिनका राहुल नामक छोरा जन्मिए । यद्यपि, यति सबैकुरा हुँदा पनि सिद्धार्थ सधैं मानसिक असन्तुष्ट रहन्थे । उनी जीवनको गहिरो सत्य खोज्न चाहन्थे ।
चार सत्यदृष्टि परिवर्तनको कारण
बुद्धले विभिन्न समयमा दरबार बाहिर निस्केर देखेका विभिन्न दृश्यहरुका कारण मनमा बैराग्य आउँछ । खासगरी दरबारबाट बाहिर निस्कन नदिने र दरबारको सुख सयलमा मात्र सिद्धार्थ थिए ।
एक दिन उनले दरबार बाहिर निस्कने अवसर पाए, जहाँ उनले चार महत्वपूर्ण दृश्यहरू देखेका थिए । वृद्ध व्यक्ति– उनले देखे कि मानिस बुढ्यौलीबाट बच्न सक्दैन ।
रोगी व्यक्ति– उनले बुझ्न आए कि रोग र पीडाबाट कोही अछुतो छैन ।
मृत्यु– उनले पहिलोपटक मृत शरीर देखे र बुझे कि मृत्यु अवश्यंभावी छ ।
सन्त–उनले शान्ति प्राप्त गरेका एक सन्यासीलाई देखे, जसले उनलाई आध्यात्मिक मार्गको प्रेरणा दियो ।
यी दृश्यहरूले उनलाई गहिरो सोचमा पा¥यो । उनले बुझ्न थाले कि विलासी जीवन अस्थायी हो, जबकि दुःख जीवनको अभिन्न अंग हो । दरबार परित्याग, महाभिनिष्क्रमण पाल्ही भाषामा प्रयोग गरिएको टर्मीनलोजी (गृह त्याग)
सिद्धार्थले किन गृह त्याग गरे ?
माथि उल्लेख गरिएका कुराहरू मनन गर्दै, सिद्धार्थले एक रात आफ्नो पत्नी र छोरालाई निदाइरहेको अवस्थामा छोडे । उनले आफ्नो राजसी वस्त्रहरू त्यागे र एक सन्यासीको जीवन अंगाले । यस घटनालाई महाभिनिष्क्रमण भनिन्छ । यहाँ पाल्ही शब्दावलीहरु समेत समिश्रण रहेको छ ।
उनले गहना, घोडा र सेवक सबै त्यागेर जंगलको बाटो समाते । उनले छ वर्षसम्म कठोर तपस्या गरे, विभिन्न गुरुसँग ज्ञान प्राप्त गरे तर उनले चरम तपस्याले मात्र सत्यको प्राप्ति सम्भव छैन भन्ने बुझे । सिद्धार्थ गौतमले घर छाड्ने बेला रातीको समय आफ्नो छोरा र रानीलाई भनेर जाने कोसिस पनि नगरेका होइनन् तर अन्तमा सुतेको बेलामा दरबार छोडेका थिए । सिद्धार्थले आफ्नो परिवारलाई पहीले नै भनेका थिए । आफ्नो बच्चा र राजकुमारीलाई पर्दा खोलेर हेरे अनी मनमनै बिदा मागेर हिँडेका थिए ।
सिद्धार्थ गौतमले दरबार छोड्दा आफ्नो प्रिय घोडा कन्थक चढेर गएका थिए । कन्थक निकै बलियो र तीव्र गतीको कुद्न सक्ने घोडा थियो, जसले उनलाई लामो दूरी पार गर्न सहयोग ग¥यो । दरबार छोडेपछि उनले आफ्नो राजसी पोशाक केशरीया वस्त्र त्यागेर सामान्य सन्यासीहरूले लगाउने वस्त्र (केशरीया रंगको कपडा) धारण गरे । दरबार छोडेपछि उनले आफ्नो कपाल काट्न तलवार प्रयोग गरेका थिए, जसले उनको नयाँ संन्यासी जीवनको प्रतीक दर्शाउँथ्यो । सिद्धार्थ गौतमलाई उनको विश्वासिला सारथि चन्नले साथ दिएका थिए । चन्नले कन्थकलाई हाँकेर उनलाई दरबार बाहिर पु¥याए ।
कन्थक घोडाले बुद्धलाई गंगानदीसम्म पु¥यायो, जहाँ उनले घोडा, चन्न र आफ्नो दरबारी जीवन त्यागे । सोही समयमा चन्नको अगाड उनले तरबारले आफ्नो लामो कपाल काटेका थिए ।
देवगण (गन्धर्व र देवता)
केही ग्रन्थहरूमा उल्लेख गरिएको छ कि सिद्धार्थ गौतमले दरबार छोड्दा देवताहरूले मार्गदर्शन गरेका थिए । उनले सर्वप्रथम अनोमा नदी नजिक पुगेर चन्न र घोडा कन्थकलाई फिर्ता पठाए । त्यहाँ उनले आफ्नो राजसी पोशाक फुकालेर सन्यासीको भेष धारण गरे । त्यसपछि उनी विभिन्न स्थानमा भ्रमण गर्दै ध्यान, योग र तपस्यामा लागे ।
निष्कर्षः सिद्धार्थ गौतमले दरबार छोड्दा कन्थक घोडा, चन्न सारथि, र तलवार प्रयोग गरेका थिए । उनले भौतिक सम्पत्ति त्यागेर आत्मज्ञानको यात्रामा अग्रसर भए, जसले उनलाई अन्ततः बुद्धत्व प्राप्त गर्न मार्ग देखायो । सिद्धार्थले लामो समय कठिन तपस्या गर्दा पनि आफू एक पाइला हिँड्न नसक्ने अबस्थासम्म पनि बुद्धत्व प्राप्त गर्न नसकेर एक नृक्षमा आड लगाएर बसेका बेलामा आफ्नो सुजाताले ब्रत सकेर मन्दिरमा जादा सिद्धार्थको दयनीय अवस्था देखेर त्यो खिर अलिकति सिद्धार्थलाई खुवाइन्, त्यसपछि सिद्धार्थ तङ्ग्रिएको प्रसंग छ ।
तबमात्र सिद्धार्थलाई थाहा भयो यो मार्गबाट ज्ञान प्रप्त हुँदैन । अनिमात्र मध्यमार्गीय बाटोबाट बुद्धत्व प्राप्तिमा सहयोगी बन्यो । सुजाताले सिद्धार्थलाई दुध वा खिर खुवाएको विषय भने केही मतभिन्नताहरु रहेको छ । आखिरमा उनले मध्यम मार्ग अपनाउने निर्णय गरे, जसमा न अति विलासिता हुन्छ, न अति कठोर तपस्या । उनले बोधगयामा बोधी वृक्ष मुनि ध्यान गरेर अन्ततः आत्मज्ञान प्राप्त गरे । त्यसपछि उनी बुद्ध बने ।
बुद्धका प्रमुख अनुयायीहरू पहिलो पाँच अनुयायी (पञ्चवर्गीय भिक्षु)
बुद्धले बोधगयामा आत्मज्ञान प्राप्त गरेपछि उनले वाराणसीको सारनाथस्थित मृगदाव (हालको इसिपतन) मा पहिलो उपदेश दिए, जसलाई ‘धर्मचक्र प्रवर्तन सूत्र’ भनिन्छ । यहाँ उनले आफ्नो पाँच जना पूर्वसाथीहरूलाई बौद्ध धर्मको ज्ञान बाँडे, जसले गर्दा उनी पहिलो अनुयायी बने । तिनीहरू थिएः कोण्डञ्ञ (अज्ञात कोण्डञ्ञ), भद्दिय, वप्प, महनाम, अस्सजि यी पाँच भिक्षु बौद्ध संघका पहिलो सदस्य बने । प्रारम्भिक ६० अनुयायीहरू बुद्धले पहिलो वर्षमै करिब ६० जना भिक्षुहरूलाई शिक्षित गरी प्रचारका लागि विभिन्न दिशामा पठाए । यसरी बौद्ध धर्मको प्रचार तीव्र रूपमा फैलन थाल्यो ।
राजकुलका अनुयायीहरू
बुद्धका आफ्नै परिवारका सदस्यहरू पनि अनुयायी बने । राजा शुद्धोधन (बुद्धका पिता) बृद्ध अवस्थामा बौद्ध धर्ममा आकर्षित भए । यशोधरा (बुद्धकी पत्नी) पछि प्रव्रज्या लिइन् । राहुल (बुद्धका छोरा) भिक्षु बने । आनन्द (बुद्धका भाइ) बुद्धका निकट अनुयायी र उनका प्रमुख सहायक बने । देवदत्त (बुद्धका फुपाजुका छोरा) बुद्धका अनुयायी भए तर पछि उनले बौद्ध संघलाई विभाजन गर्ने प्रयास गरे ।
राजा बिम्बिसार (मगधका राजा) बुद्धका ठूला संरक्षकमध्ये एक थिए । राजा प्रसैनजित (कोशल राज्यका राजा) पनि बुद्धप्रति सम्मान राख्ने राजामध्ये थिए । अनाथपिण्डिक (सावस्तीका धनी व्यापारी) जसले जेतवन विहार दान दिए ।
बुद्ध संघमा महिलाहरूको संलग्नता र समानता
बुद्धको धर्ममा महिलाहरूलाई प्रवेश दिन सुरुमा हिचकिचाहट थियो, तर पछि उनले महाप्रजापति गौतमी (बुद्धकी सानीआमा) को आग्रहमा नन संघ (भिक्षुणी संघ) स्थापना गरे र पहिलेो सदस्यका रुपमा गौतमीले सदस्यता लिएको पाउन सकिन्छ ।
बुद्धका अनुयायीहरू संख्यामा सुरुवाती चरणमा थोरै थिए, तर विस्तारै हजारौं पुगे । प्रारम्भिक चरणमा करिब ६०–१०० जना भिक्षुहरू थिए । बुद्धको जीवनको उत्तरार्धसम्म १० हजार भन्दा बढी भिक्षु र भिक्षुणी बौद्ध संघमा संलग्न भइसकेका थिए । उपासक (गृहस्थ अनुयायी) को संख्या झन् धेरै थियो, जसमा किसान, व्यापारी, राजा र अन्य समुदायका मानिस थिए । यसरी संसारभर बुद्ध शिक्षा आज पनि निकै ठुलो महिमा रहेको छ ।
विभिन्न ठाउँमा विश्व विद्यालयहरु स्थापना गरी बुद्ध शिक्षा लिनेहरुको संख्यामा बृद्धि भएको छ । नेपालमा लुम्बिनी विश्व विद्यालयमार्फत बुद्धिजम्को शिक्षामा प्रभावकारिता बढ्दै गएको छ । नेपालले यसको प्रवद्र्धन अझ गर्न सकेमा पर्यटन विकास र यसका माध्यमबाट आर्थिक समृद्धि सम्भव देखिन्छ । नेपालले यसको प्रवद्र्धन अझ गर्न सकेमा पर्यटन विकास र यसका माध्यमबाट आर्थिक समृद्धि सम्भव देखिन्छ । आजको दिनमा नेपाली राजनीति त्यति बेलाका समयमा बुद्धले दिएको शिक्षा कति उपायोगी थियो भन्ने कुरा बहसको विषय हो । बुद्ध जन्मेको मुलुक नेपालका हामी नेपाली बत्तीमुनिको अँध्यारो भएको छ ।