दुरदर्शी महिला सहकारीद्धारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मेचीकाली संवाददाता

१५ चैत्र २०८१, शनिबार
105 shares

बुटवल । दुरदर्शी महिला कृषि सहकारी संस्था लिमिटेड बटवलले ६८औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मेडिटेक हस्पिटल बुटवलको प्राविधिक सहयोगमा शनिबार बुटवल ११ बुद्धनगरमा रहेको सहरी स्वास्थ्य केन्द्रमा शिविर आयोजना गरीएको हो ।

करिब २ हजार महिला मात्र सदस्य रहेको दूरदर्शी महिला तथा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मीनाकुमारी कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सहकारीको योजनानै सदस्य लगायत सबै नागरिकलाई आर्थिक रुपमा, सामाजिक रुपमा र स्वास्थ्यको हिसाबले अब्बल बनाउने रहेको बताए ।

राष्ट्रिय सहकारी दिवसको अवसर पारेर दूरदर्शी सहकारीले आफ्ना सदस्यहरु र स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने काम उदाहरणीय भएको बताए। तुलाचनले प्राविधिक सहयोग गरी निःशुल्क स्वास्थ्य परीक्षण गर्ने हस्पिटलको काम उदाहरणिय रहेको बताए । साथै उनले सहकारीले स्थापना दिवसका अवसरमा राष्ट्रव्यापी सेवा र सृजनशीलताका काम गरिरहेको बताए।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले स्वास्थ्यमा सचेत भई समय समयमा कुनै रोग नदेखेता पनि स्वास्थ्य परीक्षण गर्नु अनिवार्य रहेको बताए। नियमित स्वास्थ्य चेक जाँच गरेमा पछि आउने ठूलाठूला रोग र पैसा बचत हुने धारणा राखे। उनले हस्पिटलले सहकारीको सहभागितामा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नु उत्कृष्ट रहेको बताए।

हस्पिटलका निर्देशक एवं स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सतिश रुपाखेतीले स्वास्थ्य परीक्षण गर्दा सामान्य देखिए सामान्य उपचारबाट समाधान हुने र केही रोग देखिएमा उपचारका लागि आफ्नो हस्पिटल गएमा विशेष सुविधा उपलब्ध गराउने जानकारी गराए।

मेडिटेक हस्पिटलका प्रशासन प्रमुख कृष्णप्रसाद ज्ञवालीले विगत १५ वर्षदेखि बुटवलमा सेवा दिइरहेको हस्पिटलले उक्त शिविरमा सेवाग्राहीहरुलाई प्राथमिक उपचार र औषधि वितरण गर्ने र उक्त सहकारीका सदस्यहरू आफ्नो हस्पिटलमा उपचार गर्न जाँदा ल्याब परीक्षणमा २५ प्रतिशत, बेड चार्ज र औषधिमा २० प्रतिशत, भिडियो एक्सरे, अपरेसनमा १० प्रतिशत छुटको व्यवस्था हस्पिटलले गराउने जानकारी दिए। सहकारीका सञ्चालक अन्जु थापाको स्वागत तथा सचिव सुमित्रा बरालको स¬चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।