

बुटवल । सेवा निवृत्त रास्ट्रसेवक संघ लुम्बिनी प्रदेशको अध्यक्षमा डासुराम पाण्डे निर्वाचित भएका छन् । सोमबार बुटवलमा सम्पन्न भएको पहिलो अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
जसको उपाध्यक्षमा रेनुका खरेल र गंगाराम रेग्मी, महासचिवमा केशवराज आचार्य, सचिवमा विन्दुकुमारी पाण्डे, इन्द्रबहादुर बिसी, केशव गौतम, कोषाध्यक्षमा माधव ज्ञवाली चयन भएका छन् ।

यस्तैगरी सदस्यहरुमा प्रेमबहादुर केसी, पारसमणि भण्डारी, ठगिश्वर पोखरेल, दुर्गादेवि बोहरा, पदमबहादुर कार्की, कुलबहादुर डाँगी र कृष्ण खनाल चयन भएका छन् ।
सेवा निवृत्त रास्ट्रसेवक संघ नेपालका केन्द्रीय अध्यक्ष प्रायगराज शर्माले अधिवेशनको उद्घाटन गरेका थिए । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कृष्ण भुसाल, नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा पेशागत महासंघ इन्चार्ज मेघदेव पन्त लगायतले आआफ्नो भनाई राख्दै शुभकामना व्यक्त गरेका थिए ।