

बुटवल । यामाहा नेपालले नयाँ वर्ष २०८२ को सुरुवात रोमाञ्चक स्किम ‘थ्रिल अफ थ्री’सँगै गर्ने भएको छ । यामाहाले आफ्ना ग्राहकहरुलाई रोमाञ्चक पुरस्कार, विशेष लाभ र अनबिटेबल डिलहरू प्रदान गर्न डिजाइन गरिएको रोमाञ्चक स्किम ल्याएको हो ।
‘थ्रिल अफ थ्री’ अन्तर्गत आफ्नो सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयर गर्दा तत्काल १ हजार जित्न सकिनेछ । यस्तै नजिकैको यामाहा डिलरशिपमा गई आफुले सेयर गरेको यामाहा नयाँ वर्ष स्किम विज्ञापनको स्क्रिनसट देखाउदा ५० हजार रुपैयाँसम्मको नगद पुरस्कार जित्ने सकिने छ ।
यस्तै यस योजनाको अवधिमा ब्रान्ड–न्यू यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउनेछन् । नगद पुरस्कारहरूको साथसाथै यामाहा नेपालले यामाहाको खरिदलाई पहिलेभन्दा अझै सजिलो र बढी फाइदाजनक बनाउन विशेष खरिद लाभहरू प्रदान गर्ने जनाएको छ । जसमा स्पट एक्सचेन्ज, इजी फाइनान्स, छानिएका मोडेलहरूमा हुन्य प्रतिशत ब्याजको ईएमआई लगायतका सुविधा प्रदान गर्नेछ ।
एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट पर्फर्मेन्स र असाधारण आफ्टर सेल्स सर्भिसको लागि परिचित एक अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो । नेपालमा बलियो उपस्थिति भएको यामाहा विश्वस्तरीय उत्पादनहरू प्रदान गर्न र ग्राहक सन्तुष्टि सुनिश्चित गर्न समर्पित रहेको छ ।