होराइजन जिबिएसमा शुभकामना तथा बिदाई

मेचीकाली संवाददाता

१८ चैत्र २०८१, मंगलवार
115 shares

बुटवल । न्यू होराइजन कलेज (होराइजन जिविएस) ड्राइभरटोल, रुपन्देहीमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुद्वारा कक्षा १२ को वार्षिक परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई भव्य समारोहबीच शुभकामना तथा विदाई सम्पन्न गरेका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको कार्यक्रममा विज्ञान सङ्काय कक्षा ११ मा अध्ययनरत विद्यार्थी कृतिम भट्टराईको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यबस्थापन कार्यालयका कार्यालय प्रमुख रमाकान्त तिवारी रहनुभएको थियो ।

विदाई समारोहमा विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले बोर्ड परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई शुभकामना दिए । होराइजन गौतम बुद्ध मा.वि.का अध्यक्ष ज्ञानेन्द्रप्रसाद कसजूले हाम्रा विद्यार्थी महान् पनि बन्नु पर्छ र अशल पनि बन्नु पर्छ भन्दै विद्यार्थी, शिक्षक, कर्मचारी व्यबस्थापक सबैले समयको परिपालनालाई ख्याल गर्ने बानीको विकास सबैले गर्नु पर्नेमा जोड दिए ।
मन्तव्य राख्दै बल बहादुर खड्काले विद्यार्थीहरु महान भन्दा पनि अशल हुनु पर्नेमा जोड दिनुभयो । उहाँले होराइजन जिविएसमा अध्ययन गर्ने सबै महान् व्यक्ति होलान् या नहोलान् तर अशल चाहिँ सबै हुनुपर्ने बताए ।

यसैगरी शुभकामना मन्तव्य राख्दै उपप्राचार्य इन्द्र भुसालले कक्षा १२ को वार्षिक परीक्षाका लागि अत्यन्त मेहनतपूर्वक परीक्षाको तयारी गर्न सुझाव दिए । कार्यक्रममा कक्षा १२ को रशायनशास्त्र, गणित, भौतिकशास्त्र, कम्प्यूटर विज्ञान आदि विषयको परियोजना कार्य (प्रोजेक्ट वर्क) मा प्रथम द्वितीय एवम् तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयको दोस्रो त्रैमासिक परीक्षामा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीहरु लगायत कक्षा ११ र १२ का हरेक सेक्सनबाट प्रथम,द्वितीय एवम् तृतीय हुने विद्यार्थीहरुर्ला पुरस्कार वितरण गरिएको थियो ।

विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई जनही रु.१०,०००।– का दरले सात जना विद्यार्थीलाई होराइजन रत्न पुरस्कारद्वारा सम्मान गरिएको थियो । कराँते खेलबाट जिल्ला, प्रदेश, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिई विभिन्न मेडल सहित गोल्ड मेडल प्राप्त गर्न सफल गौरव पौड्याललाई स्टुडेन्ट अफ द इयर (वर्ष उत्कृष्ट विद्यार्थी) को पुरस्कारद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुले गीत तथा नृत्यहरू प्रस्तुत गर्नुका साथै । विद्यालयकै व्याण्ड समूहको प्रस्तुती समेत रहेको थियो । कार्यक्रमको सञ्चालन झरना भण्डारी, अनुष्का पन्थ र प्रकृती ज्ञवालीले गरेका थिए भने कार्यक्रमको संयोजन अतिरिक्त व्रिmयाकलाप प्रमुख डा. मुरारि पराजुलीले गरेका थिए ।