

तुलसीराम पौडेल
लुम्बिनी प्रदेश स्थित नवलपरासी बुद्ध परिपथ अन्तर्गत रामग्राम नगरपालिका र इयान ग्रीन OAM, द ग्रेट स्तुपा अफ युनिभर्सल कम्प्यासन (The Great Stupa of Universal Compassion) अस्ट्रेलिया एवं हिमालयन आउट्रीच अन्तर्राष्ट्रिय अस्ट्रेलिया बिचको समन्वय बैठक रामग्राम नगरपालिकाका नगर प्रमुख धनपद यादवको अध्यक्षतामा सम्पन्न भयो ।बैठकले
बुद्ध जन्मस्थल लुम्बिनी एवं बुद्ध परिपथका पालिकाहरु (रामग्राम , लुम्बिनी सांस्कृतिक ,देवदह , तिलोत्तमा र कपिलवस्तु ) को पर्यटन प्रवर्द्धन र विकासका लागी बुद्ध परिपथका पालिकाहरु र इयान ग्रीन OAM, द ग्रेट स्टुपा अफ युनिभर्सल कम्प्यासन (The Great Stupa of Universal Compassion) अस्ट्रेलिया तथा हिमालयन आउट्रीच अन्तर्राष्ट्रिय अस्ट्रेलिया एवं अष्ट्रेलिया स्थित नगरपालिका/City तथा संघ संस्था बिच संस्थागत सम्बन्ध कायम गरी बुद्ध परिपथको अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गरी पर्यटन प्रवर्द्धन र विकासका लागि समन्वय, सहकार्य, सहयोग र अनुभव आदानप्रदान गर्न सहकार्य गर्ने निर्णय गरेको थियोे ।समन्वय बैठकमा नगर प्रमुख धनपद यादव ,उपप्रमुख सम्झना चौधरी , प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुवर ,वडा अध्यक्षहरु ,कार्यपालिका सदस्यहरु , तुलसीराम लामिछाने समन्वयकर्ता लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देही एवं बुद्ध परिपथका नगरपालिका,
अष्ट्रेलिया स्थित बौद्ध स्तुपा एवम् ग्रेट स्तुपा अफ युनिभर्सल कम्प्यासनका अध्यक्ष एवम निर्देशक ईयान ग्रीन ओयम Mr. Ian Green OAM Chairman and Director,
हिमालयन आउट्रीच अन्तर्राष्ट्रिय अस्ट्रेलिया संयोजक दान घिसिङ र
हिमालयन आउट्रीच अन्तर्राष्ट्रिय अस्ट्रेलिया सदस्य नवीन शेरचनको उपस्थिति रहेको थियो ।