लुम्बिनीमा संचालित रुमिन्देइ माइ मेलामा लाखौं दर्शकहरूको घुइँचो

मेचीकाली संवाददाता

२ बैशाख २०८२, मंगलवार
655 shares


लुम्बिनी , 14 april ( बैशाख १ -२०८२)

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका -३ पडेरियामा चैत २९ गतेदेखि संचालित रुमिन्देइ  माइ मेलाको चौथो दिन नया बर्ष २०८२ को  पहिलो दिन सोमबार  लाखौं दर्शकहरूले मेलाको अवलोकन गरेका छन् ।सोमबारको मेलाबाट व्यापारीहरु धेरै खुशी भएका छन्।आइतबार बर्षाको कारणले ब्यापारीहरु निराश भएका थिए ।
।गौतम बुद्धले ज्ञान प्राप्त गरेर घर फर्केपछि चैत शुक्ल पूणिर्मामा परा पुर्व कालदेखि रुमिन्देई माई मेला लाग्ने गरेको मेला आयोजकले बताएका छन् ।यहाँको मेलामा कपिलवस्तु ,नवलपरासी लगायत छिमेकी देशका समेत मानिसहरु आउने गर्छन् ।यहाँको मेलामा स्टल राख्ने व्यापारीहरुलाई  कुनै पनि किसिमको शुल्क बुझाउन पर्दैन । बिजुली तथा पानीको निशुल्क ब्यवस्था गरिएको छ।त्यसै गरि स्वास्थ्य सेवा पनि दिइने गरिएको छ।
मेलामा आउने दर्शकहरुको लागि निशुल्क मिठाइ पानीको ब्यवस्था गरिएको छ।मेलामा मेला व्यवस्थापन समितिका पदाधिकारीहरु ,लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनप्रतिनिधिहरु ,विभिन्न निकायका सुरक्षाकर्मीहरु ,समाजसेवी ,बुद्धिजीवीहरुबाट दैनिक अनुगमन अवलोकन भैरहदा मेला शान्तिपूर्ण बाताबरणमा संचालन भैरेहेको छ।
मेला बैशाख २ गते मंगलबार सम्म लागिरहने आयोजकले बताएका छन् ।