के हो आयुर्वेदिक भस्म ?

मेचीकाली संवाददाता

२ बैशाख २०८२, मंगलवार
125 shares

डा.देवराज क्षेत्री/डा.नमराज पाण्डे

आयुर्वेद औषधि भन्नासाथै सबैको दिमागमा झट्टै आउने कुरा हो आयुर्वेद औषधिले साइडइफेक्ट गर्दैन र ढिला काम गर्छ तर, आजभोलि आयुर्वेद औषधिमा बिभिन्न मेटल्सहरु हुन्छ त्यसैले आयुर्वेद औषधि खानुहुदैन यसले किड्नि फेल गर्छ लिभर फेल गर्छ भनेर खुलेआम आममानिसलाइ भनिरहेको हामि सुन्छौँ यसले आममानिसमा भ्रम सृजना गरेको छ । यस लेखमा भष्म भनेर बताइने कुरा के हुन् त्यसबारेमा तपाइलाइ बताउने प्रयत्न गरेका छौँ । ‘भस्म’ भन्ने बित्तिकै हामी सामान्य रुपमा दाउरा जलेर बनेको खरानीलाई बुज्दछौं तर आयुर्वेदमा भस्म एउटा महत्वपूर्ण औषधि वर्ग हो । यसको वर्णन, निर्माण विधि तथा उपयोगको बारेमा विस्तृत रुपमा आयुर्वेदको रसशास्त्र भन्ने विषय अन्तर्गत पाउन सक्छौँ । आयुर्वेदमा औषधिका प्रमुख स्रोतहरू वनस्पति, जान्तव (जनावरबाट प्राप्त हुने जस्तैः वसा, मज्जा, गोरोचन आदि) र खनिज (बिभिन्न सुन, चाँदी, तामा, आदिबाट प्राप्त) हुन् ।

तिनिहरूमध्य भस्म खनिज स्रोत अन्तर्गतको औषधिमा पर्दछ । विभिन्न धातु–उपधातु आदि खनिज द्रव्यहरूलाई जडीबुटीको स्वरस (तजा जडिबुटिलाइ हातले वा उपकरणको सहायताले पिसेर/निचोरेर निकलेको रस), क्वाथ (औषधि द्रव्यलाइ आबश्यकताअनुसार ४–६४ गुणासम्म पानी राखि निश्चित समयसम्म पकाएर निश्चित परिमाणमा पानीको भाग सुकाएर बनाइन्छ ), आदि मिसाएर मर्दन गरेर, राम्ररी सुकाएर आवश्यकता अनुसार भट्टीको अग्नि दिएर निर्माण गरिने विशिष्ट एवं अतिउपयोगी औषधिलाई नै भस्म भनिन्छ ।

आयुर्वेदमा पहिले भस्महरुको न्यून प्रयोग हुन्थ्यो तर विस्तारै समयसँगै वनस्पति जडीबुटीहरुको गुणस्तर घट्न थाल्यो र आयुर्वेद औषधिहरू कम प्रभावी हुन थाले । त्यसपछि आचार्यहरूले, सिद्ध एवं नाथगुरूहरूले रसशास्त्र विज्ञानको आविष्कार गरेर खनिज द्रव्यहरुको अनुसन्धान र प्रयोगहरू गर्नुभयो । रस भस्महरु रोगीहरूको चिकित्सामा प्रयोग गर्दा आश्चर्यजनक नतिजाहरु आउनथाले । तसर्थ लगभग ११औँ शताब्दीपछीको समयमा रसशास्त्रपनि आयुर्वेदको महत्वपूर्ण शाखाको रूपमा स्थापित हुँदै बिकसित हुनथाल्यो । रूद्रयामल तन्त्र, रसेन्द्र मंगल, रसहृदय तन्त्र, रसार्णव, रस रत्नसमुच्चय आदि रस–शास्त्रका महत्वपूर्ण ग्रन्थहरू हुन् जसमा पारद (mercury) धातु–उपधातु, रत्न–उपरत्न, विष–उपविष आदि वर्गहरूको शोधन, मारण, उपयोग आदिको विशद वर्णन पाईन्छ ।

भस्महरू बिभिन्न प्रकारका हुन्छन् । धातुहरूको भस्म जस्तै स्वर्णभस्म, चाँदीभस्म, ताम्रभस्म; रत्नहरूको भस्म जस्तै हिराभस्म, मोतीभस्म; त्यस्तै शुधावर्गको भस्म जस्तै शंखभस्म आदि । यी भस्महरू स्वतन्त्र रूपमा प्रयोग गर्नसकिन्छ वा अन्य आयुर्वेद औषधिको घटकद्रव्यको रूपमा प्रयोग हुन्छन् जस्तै उदाहरणको लागी आरोग्यवर्धिनी वटी भन्ने आयुर्वेदिक औषधिमा ताम्रभस्म, अभ्रकभस्म, शिलाजीत आदि खनिज घटकहरू राखिएको हुन्छ । भस्महरू बिशेष वैज्ञानिक प्रविधिहरूबाट निर्माण गरिन्छ र शास्त्रसम्मतपनि हुनुपर्छ । भस्मको तैयारीका लागि शोधन, मारण, अमृतीकरण, सत्वपातन आदि जस्ता विभिन्न विधिहरू (खनिज आदि औषधि द्रव्यमा भएको मल/दोष/ impurity हटाइ त्यसको गुण–त्रगबष्तिथ– बढाउने प्रकृया) तथा संस्कारहरू रसशास्त्रमा वर्णन गरिएको छ ।

भस्म निर्माण पश्चात् वारितर, अपुनर्भव जस्ता परिक्षाहरू गरेर मात्र सेवन योग्य हुने निर्देशन शास्त्रमा गरिएको छ । यदि शास्त्रसम्मत विधिबाट राम्ररी भस्म निर्माण नभए दुष्प्रभावहरू अवश्य हुन्छन् । शास्त्रमापनि राम्ररी नबनेको पारदभस्म , ताम्रभस्म आदिको दुष्प्रभावहरू वा हानिकारक प्रभाव स्पष्ट रूपमा उल्लेख भएको छ । तसर्थ बिशेष सावधानीको साथ यसको निर्माण गर्नुपर्ने र उपयुक्त मात्रामा मात्र यसको सेवन गर्नुपर्नेहुन्छ । आजकल केवल व्यवसायगर्ने उद्देश्यले शास्त्रसम्मत विधिलाई अवज्ञा गरी निर्मित भस्महरुको प्रयोगले विभिन्न दुष्प्रभावहरू भएका घटनाहरू एवं केसहरुको समाचार सुनिन्छ जुन निन्दनीय छ । यस्ता कार्यहरूको जाँच तथा नियमन गर्ने सबल र सक्षम संरचनाकोपनि हाम्रो देशमा अभाव छ । भस्मको चिकित्सामा बिशेष महत्व छ किनकी यो कम मात्रामा प्रयोग गर्नसकिन्छ, यसको निश्चित स्वाद हुँदैन र सेवन गर्न सजिलो हुन्छ तथा यसले शीघ्र कार्यपनि गर्दछ । हामी सबैलाई थाह छ कि हाम्रो शरीरमा Carbohydrate, Proteins Fats, जस्तोः acronutrients/Vitamins, Minerals जस्ता Micronutrients को जरुरत पर्दछ । त्यसमध्य अधिकांश तत्त्वहरू हामीले खाने खानाबाट प्राप्त गर्दछौँ तर भिटामिन र मिनिरल जस्तो तत्त्वहरू भने हामी नेपालीहरूको खानाबाट हाम्रो शरीरले पर्याप्त मात्रामा प्राप्त नगर्न सक्छ । त्यस्तो अवस्थामा शरीरमा डिफीसियंसी डीसइज देखिन सक्छ साथै रोग प्रतिरोध क्षमतामा कमी आई अन्य रोगहरूपनि विकसित हुनसक्छ । खनिज तथा धातु भस्महरूले यस्तो अवस्थामा शरीरलाई आवश्यक तत्त्वहरूको पूर्ति गरेर शरीरलाई सबल र निरोग राख्न मद्दत गर्दछ ।

आधुनिक चिकित्सा विज्ञानमापनि विभिन्न औषधिहरूमा खनिज द्रव्यहरूको प्रयोग भएको पाईन्छ । भ्याक्सिनहरुमा थाईमेरोसल जस्ता इथाइलमक्र्युरी युक्त प्रिजरभेटिव प्रयोग गरिन्छ । बच्चाहरूको पखालामा प्रयोग हुने जिङ्क चक्कीमा जिङ्क सल्फेटको प्रयोग गरिएको हुन्छ जसले रोगप्रतिरोध क्षमतालाई विकास गर्छ र पखालालाई कम गर्दछ। यस बाहेक छाला रोग र विल्सन डिसइजमा पनि जिङ्कको प्रयोग गरिन्छ। आयुर्वेदमा प्रयोग हुने यशद भस्ममा पनि जिङ्कको कम्पाउन्ड रहेको हुन्छ । ढाडको हड्डी तथा घुँडा खिएको समस्यामा क्यालसियम चक्की को प्रयोग हुन्छ जुन एक कृत्रिम खनिज युक्त हुन्छ भने आयुर्वेद मा प्रयोग हुने शंख भस्म, मोति भस्म मा प्राकृतिक क्यालसियमको कम्पाउन्ड हुन्छ । यस्ता थुप्रै उदाहरणहरू छन् जसले चिकित्सामा खनिज द्रव्यहरूको उपयोगितालाई पुष्टि गर्दछ ।

समग्रमा भन्नुपर्दा भस्महरू आयुर्वेदको नानोमेडिसिनहरू हुन् जुन हाम्रा आचार्यहरूले, सिद्ध एवं नाथगुरूहरूले आयुर्वेद औषधिलाई समयसापेक्ष्य प्रभावकारी बनाएर रोगहरूलाई छिटो निकोपार्ने उद्देश्यकालागि विकसित गरेका थिए । हाम्रो देश नेपाल खनिज स्रोतहरूले सम्पन्न भएकोलेपनि खनिजहरूलाई भस्महरूको रुपमा चिकित्सामा प्रयोग गर्न सकिने अथाह सम्भावना बोकेको छ । तसर्थ यसको समुचित निर्माण एवं प्रयोग अपरिहार्य छ ।साथै यसरि बिभिन्न प्रकृया पुर्याएर निर्माण गरिने हुदा भष्म औषधिहरु पुर्णरुपमा प्रभाबकारि हुन्छन् चिकित्सकको रेखदेखमा मात्रापुर्वक सेवन गर्दा हानि पुर्याउने हुदैनन् ।
जय गुरू धन्वन्तरी ! जय आयुर्वेद !