संजिवनी टोल विकास संस्थाद्वारा रक्तदान

मेचीकाली संवाददाता

६ बैशाख २०८२, शनिबार
62 shares

बुटवल । संजिवनी टोल विकास संस्थाले नियमित बार्षिक कार्यक्रम रक्तदान कार्यक्रम गरेको छ । बर्षको पहिलो महिनाको पहिलो शनिबार रक्तदान कार्यक्रम अभियान चलाएको संस्थाले यो वर्ष ११ औ रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्दै नगर विकासको अगुवाई टोल संस्थाहरुबाट हुने गरेको बताए । समुदायका मानिसहरुलाई जुटाएर सामाजिक कार्यमा अग्रसर गराउने र समुदायमा एकता ल्याउने काम टोल संस्थाबाट भएको उनले बताए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदानको महत्वबारे प्रकाश पार्दै रगत अभावकै कारण मृत्यु हुने दर घटाउन रक्तदान अभियान जरुरी रहेको बताए । पछिल्लो वर्षहरुमा धेरै पालिकाहरु निशुल्क रगत अभियानमा जोडिनु सकारात्मक पाटो भएको भन्दै यसमा टोलटोल र समुदायको साथ सधै रहदै आएको उनले बताए ।

कार्यक्रममा टोल विकास संस्थाको अध्यक्ष हरिबहादुर गहतराजले रगत अभाव ले कोहि बिरामिले ज्यान गुमाउन नपरोस भन्ने उदेस्यले हरेक बर्स रक्तदान गर्दै आएको बताए । कार्यक्रममा वडा सदस्य हेमा थामी, संस्थाका सल्लाहकार नरेन्द्र कुमार शर्मा, सल्लाहकार रेवन्त बिस्वकर्मा, सल्लाहकार सिता बिस्वकर्मा, राष्टिय गहुबाली अनुसन्धान केन्द्रका अधिकृत हरिश्चन्द्र बिक, शिव बस्याल चौतारि टोल बिकास संस्थाका अध्यक्ष हरिश चन्द्र विश्वकर्मा, सामाजिक मेलमिलाप केन्द्रका सदस्य लक्ष्मण ज्ञवाली, बोल्दै विरामीहरुलाई रगत अभाव हुन नदिनलाई रक्तदान कार्यक्रम गरिएको र अगामी दिनहरुमा पनि निरन्तरता दिनुपर्ने बताए ।

नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४५ जना पुरुष र १६ जना महिला गरी ६१ युनिट रगत संकलन भएको संस्थाका सचिव देविका मास्कीले बताईन । कार्यक्रम उपाध्यक्ष इन्द्र बहादुर थापाको स्वागत,सचिव देविका मास्कीको संचालनमा सम्पन्न भएको हो । संस्थाले आफनै लगानीमा कायालय भवन निमाण गरेको छ ।