

बुटवल । यहि बैशाख ११ गते काठमाडौंमा हुने युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रूपन्देहीले २ हजार ३ सय ५० युवा काठमाडौं लैजाने भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष कृष्ण कुमालको अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य उद्योग बिभाग प्रमुख केशव रोक्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जिल्ला कमिटीको दोस्रो बैठकले उक्त निर्णय गरेको हो ।
जिल्लाका वडा, पालिकाबाट २ हजार ३ सय ५० युवा काठमाडौं जाने निर्णय भएको राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीका अध्यक्ष कृष्ण कुमालले जानकारी दिए ।
कार्यक्रममा संगठनका केन्द्रिय स्थायी कमिटी सदस्य किरण नेपाल, नेकपा एमाले रूपन्देहीका सह सचिब बाबुराम पन्थी, युवा संघका केन्द्रिय सदस्य श्रद्धा कुवँर, केन्द्रिय लेखा समिति सदस्य ईश्वर न्यौपाने, निबर्तमान अध्यक्ष दिपक खड्गी लगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन सचीव दिपेश कंडेल र स्वागत उपाध्यक्ष नवराज थापाले गरेका थिए ।