सियारीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मेचीकाली संवाददाता

८ बैशाख २०८२, सोमबार
63 shares

बिुटवल । सियारी गाउँपालिका–५ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीको आयोजना, सियारी गाउँपालिका र बुटवल हस्पिटलको सहकार्य, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको सहयोग र सनसाइन डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा वीरेन्द्र माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । उक्त शिविरमा १४ जना विशेषज्ञ चिकित्सकसहितको टोलीले ६०० भन्दा बढीको स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरेका थिए ।

वीरेन्द्र माध्यमिक विद्यालय आयोजना गरीएको शिविरमा मुटु, मिर्गौला, छाला, स्त्री तथा पुरुष रोग, बालरोग, हाडजोर्नी, ग्यास्ट्रो, दन्तरोगलगायतका सेवा प्रदान गरिएको थियो । साथै निःशुल्क इसिजी, सुगर, भिडियो एक्सरे, पिसाब परीक्षण तथा आवश्यक औषधी वितरण पनि गरिएको थियो ।

शिबिरमा जनरल सर्जन डा. कृष्ण खनाल, स्त्री रोग विशेषज्ञ डा. चन्द्रकान्त शर्मा, आन्तरिक रोग विशेषज्ञ डा. गौरव ढकाल, ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा. किरणकुमार खनाल, ल्यापारोस्कोपिक सर्जन डा.वीर्खराज जोशी, हाडजोर्नी विशेषज्ञ डा.उत्सव रेग्मी, ट्रमा विशेषज्ञ डा.सञ्जीव आचार्य, स्त्री रोग विशेषज्ञ डा. बिन्दु खरेल, छाला रोग विशेषज्ञ डा. मनोज सापकोटा, मुटु रोग विशेषज्ञ डा. अनिल श्रेष्ठ, मिर्गौला रोग विशेषज्ञ डा. अब्दुल सबूर खान, डा.आशिष आचार्य, डा. सिद्धार्थ पाण्डे, डा. प्रतिक सापकोटा, रेडियोलोजिस्ट डा.ऋद्धि अधिकारी, दन्त चिकित्सक डा. अपर्णा मिश्र र सङ्गीता पन्थीलगायत करिब ४० जनाको मेडिकल टिमले सेवा प्रदान गरेका थिए ।

कार्यक्रममा सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, बुटवल हस्पिटल प्रालिका डा. कृष्ण खनाल, रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का डिआरसिसी चियर रोटरियन कृष्ण पाण्डे, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका चार्टर्ड प्रेसिडेन्ट विमल सेन्चुरी, विद्यालयकी प्रधानाध्यापक कमला भट्टराई भण्डारीलगायतको सहभागिता रहेको थियो । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीका निर्वाचित अध्यक्ष दीपक न्यौपानेको स्वागत, क्लबका सर्भिस प्रोजेक्ट चेयर प्रर्शन शरद क्षेत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो ।