

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च बुटवलले मंगलबार खानेपानी तथा सरसफाई उपभोक्ता समितिसँग अन्तरक्रिया गरेको छ । कसरी नगरबासीलाई स्वाच्छ खानेपानी उपलब्ध गराउन सकिन्छ र खानेपानीका समस्याको विषयमा बुटवल–११ देवीनगरमा छलफल गरिएको हो । सो अवसरमा बोल्दै बुटवलल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले बुटवलबासी अब पाल्पाको झुम्साबाट स्वच्छ खानेपानी पाउने बताइन ।
उनले जार र बोतलको पानी हामीले पूर्ण स्वच्छ हुन्छ भन्ने धारणा बसिसकेको भन्दै त्यसमा पनि सचेत बन्न आवश्यक रहेकोमा जोड दिइन । उपभोक्ता र स्वाथ्य हित विपरीक गतिविधि विक्रेकाबाट भए आफूलाई सिधै खवर पनि गर्न सकिने उनको भनाइ छ । कार्यक्रममा डिभिजन खानेपानीका इश्वरी आचार्यले खानेपानी ऐन २०७९ अनुसार सफा र स्वच्छ पानी दिने दायित्व सरकारको रहेको बताए । उनले पालिकाहरुले खानेपानी सुरक्षा दायित्व बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले खाद्य स्वच्छतामा उपभोक्ता आफै पहिलो सचेत बन्नुपर्ने बताए । कार्यक्रममा मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका कार्यकारी प्रमुख अनन्त सिलवाल, बुटवल उपमहानगरपालिकाका अधिकृत ठगिश्वर पोखरेल, खानेपानी सरसफाई महासंघ बुटवलका अध्यक्ष भीमलाल न्यौपाने लगायतले बोलेका थिए । कार्यक्रममा बुटवलका खानेपानी तथा सरफाई संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी थिए । स्वच्छ र प्रतिष्पर्धी बजार, उपभोक्ता संरक्षणको दिगो आधार भन्ने नाराका साथ उपभोक्ता हित संरक्षण मञ्चले उपभोक्तालाई खाद्य स्वच्छता सम्बन्धी कार्यक्रम गर्दै आएको संघका अध्यक्ष समुन्द्र जिसीले जानकारी दिए । कार्यक्रमको सञ्चालन सहसचिव बसन्ता गैरेले गरेकी थिइन ।