

बुटवल । सहकारीका सञ्चालक र शेयर सदस्यहरुले सहकारीको मुल्य मान्यता र सहकारीले गर्न पाउने कामका वारेमा अनिवार्य जानकार हुनुपर्नेमा एक कार्यक्रममा सहभागिहरुले सुझाव दिएका छन । सोही उद्देश्यलाई साकार पार्न बुटवल उपमहानरपालिका वडा नम्बर ८ सुख्खानगरमा रहेको धौलागिरी बहुउद्देश्य सहकारी संस्थालेशनिवार सहकारी सञ्चालकहरुको लागि क्षमता अभिबृद्धि तालिमप्रदान गरेको छ ।
तालिम शुभारम्भ कार्यक्रममा बोल्दै सहकारीका संरक्षक, तिलोत्तमा नगरपालिकानगर प्रमुख रामकृष्ण खाँणले केही सिमित सहकारीको कारण सिंगो सहकारी अभियान नै बदनाम भैरहेको भन्दै सहकारीको मुल्यमान्यताअनुसार सञ्चालनमा आएका सहकारीमा ठोस समस्या नभएको बताए । सहकारीले सहकारीताबाट मानिसलाई मालिक बनाउने अभियानमा लाग्नुपर्ने भन्दै मेयर खाँणले सहकारीबाट नेतृत्व र व्यक्तित्वविकास हुने गरेको सुनाए । उनले संचारकर्मीले वास्तविकतालाई ओझेलमापारेर समाचार नवनाउन पनि आग्रह गरे ।
देशभरमा ३० हजार भन्दा बढि सहकारी रहेको भन्दै उहांले जसमा ३५ प्रतिशतभन्दा बढि महिला सदस्यहरु रहेको कारण सबै सहकारीले महिलाउद्यमशिलताको प्रर्वद्धनमा विशेष ख्यालगर्नुपर्ने सुझाव दिए । सहकारीकाप्रमुख सल्लाहकार तथा सैनामैना नरपालिकाप्रमुख फणेन्द्र प्रसादशर्माले सहकारीले बैंक भन्दा सहकारीताबाट कामगर्न आवश्यक रहेको बताए । सहकारीले सामुहिक उद्यमशिलता प्रर्वद्धनको कार्यमाविशेष ख्याल गर्नुपर्नेमा जोड दिए । सहकारी सदस्यहरुको लागि भरोसाको केन्द्र बन्नुपर्ने सुझावदिनु भयो ।
कार्यक्रममा सहकारीका अध्यक्ष गोविन्द खनालले धौलागिरी सहकारी सरकारी मुल्यमान्यता अनुसार सञ्चालनमा आएको भन्दै यसमाकुनै पनि समस्या नभएको बताए । सहकारीलाई बुझ्नको लागि सहकारी सञ्चालक सदस्यहरुले विशेष सक्रियातपुर्वक ध्यान दिन आवश्यक रहेको भन्दै सहकारीले उद्यमशिलता प्रर्वद्धनको कामलाई अगाडी बढाउने बताए ।
कार्यक्रममा सहकारीका तालिम संयोजक राजेन्द्रप्रसाद बस्यालको स्वागतमा भएको कार्यक्रममा सचिव ठाकुर घिमिरेको सञ्चालनमा भएको थियो । तालिममा बुटवल उपमहानरपालिका सहकारी शाखा प्रमुख गुणाखर खनालले सहजीकरण गदै सहकारीले अनिवार्य रुपमा गर्नुपर्ने कार्य, कर्जा प्रवाहको दर सहितका विषयमा प्रकाश पारे । तालिममा ४० जना भन्दाबढि सहकारी सदस्यहरुको सहभागीता रहेको थियो ।