पत्रकारहरुको निशुल्क स्वास्थ्य परिक्षण सञ्चार श्रमिकहरु सम्मानित

मेचीकाली संवाददाता

१९ बैशाख २०८२, शुक्रबार
21 shares

पाल्पा । नेपाल पत्रकार महासंघको ७० औ स्थापना दिवशको अवशरमा पाल्पाली पत्रकारहरुको निशुल्क स्वास्थ्य परिक्षण भएको छ । स्वास्थ्य कार्यालय पाल्पाको प्राविधिक सहयोग र पत्रकार महासंघ पाल्पाको समन्वयमा पाल्पाका पत्रकारहरुको नसर्ने रोगको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

स्वास्थ्य परिक्षण कार्यक्रममा ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो । स्वास्थ्य परिक्षण कार्यक्रममा पत्रकारहरुको व्लड प्रेसर , सुगरको चकजाँच तौल तथा उचाईको नाप जाँच र पिसाव परिक्षण गरिएको थियो । परिक्षण कार्यक्रममा बोल्दै पत्रकार महासंघ पाल्पाका सस्थापक सभापती मेघराज शर्माले, स्थापना दिवसको अवसरमा गरिएको पत्रकारहरुको निशुल्क स्वास्थ्य परिक्षण प्रभावकारी भएको बताए । नेपाल सरकारले फागुन महिना देखी नसर्ने रोगको स्कानिङ्खको देशभरी उच्च रक्तचाप, मधुमेह, उचाई र तौल नाप जाँच निशुल्क गर्दै आएको छ ।

पाल्पामा १८ हजार व्यक्तिको नसर्ने रोगहरुको निशुल्क चेकजाँच गरेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याव अधिकृत मधुसुदन भट्टराईले बताए । यसैगरि प्रेस चौतारी नेपाल पाल्पा शाखाले अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा ५ जना संञ्चार श्रमिकहरुलाई सम्मान गरेको छ । सम्मानित हुने सञ्चार श्रमिकहरुमा सूर्य बहादुर थापा, राजेश शाही, मान बहादुर भुजेल, सिर्जना बोहोरा र निरञ्जन पौडेल रहेका छन । सम्मानित पाचै जना लाई प्रेश चौतारी पाल्पाले एक दिनको ज्याला बराबरको पारिश्रमिक प्रदान गरेको छ । श्रमिकहरु लाई विना ज्याला कार्यक्रममा बोलाउदा उनीहरुको ज्याला गुम्ने भएकोले प्रेस चौतारी पाल्पाले एक दिनको ज्याला पनि उपलब्ध गराएको हो ।

सम्मान कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष ओम बहादुर घर्तिमगर, प्रेस चौतारीका केन्द्रिय सदस्य मिलन विश्वकर्मा, पत्रकार महासंघका अध्यक्ष कमलराज तिमिल्सेना, एमाले पाल्पाका प्रचार विभाग सचिव रेखीराम राना, प्रेस युनियन केन्द्रिय उपाध्यक्ष माधव अर्याल, प्रेस चौतारी अनुशासन आयोगका पुर्व केन्द्रिय उपाध्यक्ष भगवान भण्डारी लगायतले प्रेस चौतारीले गरेको सञ्चार श्रमिक सम्मान कार्यक्रम नौलो र प्रभावकारी भएको बताए । शाखा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, उपाध्यक्ष शोभाकान्त पाठकको स्वागत र सचिव दयाराज न्यौपानेको संचालनमा सम्मान कार्यक्रम भएको थियो ।