

बुटवल । अड्गुरी समाज रूपन्देही को १२ औँ वार्षिक साधारण सभा बुटवलमा समपन्न भएको छ । संस्थाले एक वर्षभित्र गरेका विभिन्न कार्यक्रमहरुको समिक्षा गर्दै वार्षिक साधरण सभा सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै संस्थाका सस्थापक अध्यक्ष तथा पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले अड्गुरी सम्पर्क समाजले सामजिक क्षेत्रमा खेलेको भूमिकाको उच्च मुल्याङकन गर्दै समाजिक क्षेत्रमा निरन्तर लाग्न आग्रह गरे । उनले संस्थालाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्दै, उद्देश्यपरक र समावेशी रूपमा अघि बढाउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै पाणिनी गाउँपालिका–७ का वडाध्यक्ष गुनाखर अधिकारीले गाउँमै सिर्जनशीलता सीपलाई जीवन्त बनाउने खालको वातावरण तयार पार्नुपर्ने बताए । उनले गाउँका युवाहरूलाई सीपमूलक तालिममार्फत सशक्त बनाउन सकिएमा मात्रै समाजको मुहार बदल्न सकिने बताए । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष रामप्रसाद पन्थीले एक वर्षभित्रमा नेतृत्व विकास तालिम, स्वास्थ्य शिविर, छात्रवृत्ति वितरण, महिला बचत योजना, आपसी सहयोग परियोजनालगायतका कामहरु गर्दै आएको बताए ।
कार्यक्रममा समाजका कोषाध्यक्ष माधव आचार्यद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष लुकनाथ न्यौपाने, विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका महासचिव जीवन अधिकारीको सञ्चालन तथा उपाध्यक्ष नारायण घिमिरेको स्वागत, अध्यक्ष रामप्रसाद पन्थीको अध्यक्षयतामा कार्यक्रम सम्पन्न भएको थियो ।