

तुलसीराम पौडेल –
लुम्बिनी ,बैशाख २३
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा फोहोर उचित व्यवस्थापन सम्बन्धि सरोकारवालाहरु संग समन्वय बैठक सम्पन्न भएको छ। धार्मिक तथा पर्यटकीय स्थल लुम्बिनीको फोहोर उचित व्यवस्थापन गरि लुम्बिनीलाई सफा चिटिक्क एवं नमुना बनाउन उद्देश्यले लुम्बिनी सांस्कृतिक नगरपालिकाले सम्बन्धि सरोकारवालाहरु संग छलफल गर्न समन्वय बैठकको आयोजना गरेको हो । बैठकमा सरसफाइ व्यवस्थापन सम्बन्धि सरोकारवालाहरु( लुम्बिनी सांस्कृतिक नगरपालिका ,लुम्बिनी विकास कोष ,लुम्बिनी होटल संघ लुम्बिनी ,उद्दोग व्यापार संघ ,लुम्बिनी सुरक्षा निकाय ,प्रगतिशील / बुद्ध महिला / आमा समुह लगायतका विभिन्न संघ संस्थाका पदाधिकारीहरु) बीच छलफल भएको थियो । बैठकले यस् महत्त्वपूर्ण चुनौतीपुर्ण महत्त्वपूर्ण कार्यको लागि सरोकारवालाहरु संस्थागत रूपमा सहकार्य गरेर अगाडि बढ्ने निर्णय भएको थियोे ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुदिन मुसलमानको अध्यक्षतामा सम्पन्न बैठकमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य ,लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली ,नगर प्रवक्ता एवं वार्ड नम्बर २ का अध्यक्ष इनामुल्लाह फकिर ,वडा नम्बर १० का वडा अध्यक्ष बिनोद कोहार ,UNDP लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्याल ,लुम्बिनी होटल संघ लुम्बिनीका अध्यक्ष
/सिद्दार्थ उद्योग वाणिज्य संघ भैरहवाका उपाध्यक्ष गोविन्द ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।
बैठकको संचालन नगरपालिका समन्वय कर्ता तुलसी राम लामिछानेले गर्नुभएको थियो ।