

बुटवल । साधना महिला विधालय बुटवल उपमहानगरपालिका वडा नम्बर–६ ले आफ्नो १९ औं वार्षिकउत्सव आइतबार मनाएको छ । ‘शिक्षालाई उमेरले छेक्दैन, अधुरो शिक्षालाई पूरा गरौं’ भन्ने नारासहित वि.स.२०६३ मा स्कूल स्थापना भएको थियो । वार्षिकउत्सवको अवसरमा बोल्दै बुटवल उप–महानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले आफ्नै पहलमा स्थापित विद्यालयको लागि आवश्यक सहयोगको लागि स्थानीय सरकार साथमा रहेको बताइन ।
शिक्षाको पहुँचबाट टाढा भएका महिलाहरुलाई बढ्दो उमेरमा समेत अक्षर चिनाएर समाज रुपान्तरणमा स्कूलले आफूलाई स्थापित गरेको उपप्रमुख अर्यालले बताइन । विद्यालयको थप विकास गर्दै अगाडि बढनुपर्ने अर्यालको भनाइ छ । कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले शिक्षाबाट कोही पनि बञ्चित हुन नहुने भनाइ राखेँ । विद्यालयका प्रधानाध्यापक विष्णुकुमारी गौतमले सबै क्षेत्रको साथ र सहयोगबाट विद्यालय अहिलेको स्थानमा आइपुगेको बताइन ।
२०६३ मा स्थापना भएको बिधालयबाट अहिलेसम्म २ हजार ८०० सय जनाले अधुरो शिक्षा पूरा गरेको प्रअ गौतमको जानकारी दिइन । कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय इकाई रूपन्देहीका प्रमुख माधव बञ्जाडे, नहरपुरमा माविका प्रअ धनिश्वर गौतम, नगर शिक्षा शाखा प्रमुख टीकाराम पन्थी, ज्ञानोदय माविका प्रधानाध्यापक टीकाराम पौडेल, विद्यालयका संस्थापक केदार नेपाल, पूर्व प्रअ तारा पाण्डे, पूर्व शिक्षक विष्णु केसी, गोर्खाको बारपाक गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिवबहादुर खड्का लगायतले बोल्दै शिक्षाबाट बञ्चीत वर्गलाई न्याय गर्दै राज्यले ध्यान दिन नसकेको विषयलाई पहिचान गरी स्थापित स्कूलले राम्रो पहिचान बनाएको भन्दै प्रशंसा व्यक्त गरे ।
सो अवसरमा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउनेहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल जैसी, विद्यालयका प्रअ विष्णुकुमारी गौतम, शिक्षकहरु विनिता थापा, तेजुकुमारी लुइटेल, रमा ज्ञवाली, कर्मचारी विनिता श्रेष्ठ, विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष खलिल मिया, अभिभावक संघका पूर्व अध्यक्ष वीरमाना लामा, बुटवल कृषि उपज तथा थोक बजार केन्द्रका अध्यक्ष घनश्याम भुसाल, लायन्स क्लब अफ बुटवल स्टारका भुपेन्द्र अर्याल, अक्षयकोषदाता एरिया चिफ फोर कल्पना सिवाकोटी, बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य यम सुनार, राजकुमार भटटराई लगायतलाई सम्मान गरिएको थियो ।
विद्यालयका अहिले आफ्नै सुविधासम्पन्न भवन छ । दर्जन शिक्षक÷कर्मचारी विद्यालयमा कार्यरत रहेका छन् । विद्यालयका अध्यक्ष मोतिलाल जैसीको अध्यक्षता, शिक्षक तेजकुमारी लुइटेलको स्वागत तथा शिक्षक विनिता थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।