

तुलसीराम पौडेल
सियारी, बैशाख ३१
रुपन्देही स्थित सियारी गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम बुधबार एक कार्यक्रमका बीच सम्पन्न भयो ।पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम गर्नेमा सियारी जिल्लाको दोस्रो गाउँपालिका हो ।कार्यक्रम जिल्ला समन्वय खोप समितिका संयोजक उमाकान्त चापागाईंले उद्घाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले खोपको महत्त्वको साथसाथै खानपानमा सुधार बारे समाजमा जनचेतना जगाउनुपर्ने बताउनु भयो ।सियारी गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका संयोजक थानेश्वर घिमिरेले कुनै पनि बालबालिकालाई खोप लगाउनबाट बन्चित नहुनको लागि सम्पूर्ण पक्षले जिम्मेवार भएर काम गर्नुपर्ने बताउनु भयो ।
सियारी गाउँपालिका उपाध्यक्ष तारा चौधरीले आगामी बजेटमा महिला स्वास्थ्य स्वंसेविकाको थप सुविधाको लागि सम्बोधन गरिने बताउनु भयो ।कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवाली ,सियारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत असर जिसि ,पब्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक डिलाराम खनाल ,महिला स्वास्थ्य स्वयं सेविकाहरु मिठु पौडेल र निर्मला क्षेत्रीले शुभकामना मन्तव्य दिनुभएको थियो ।
स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको संचालन जनस्वास्थ्य निरीक्षक मनोज पौडेलले गर्नुभएको थियोे ।