लुम्बिनी सांस्कृतिक -२ मा धर्मशाला शिलान्यास

मेचीकाली संवाददाता

११ जेष्ठ २०८२, शनिबार
199 shares

 

तुलसीराम पौडेल —

लुम्बिनी ,जेष्ठ ९ 

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर -२ केवटलियामा धर्मशाला निर्माणको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर -२ का वडा अध्यक्ष ईनामुल्लाह फकिरको प्रयास तथा प्रदेश सभा सदस्य हेमा वेलवासेको पहलमा उक्त धर्मशाला निर्माण कार्यको शिलान्यास गरिएको हो। स्थानीय कान्तादेवि श्रीवास्तवले धर्मशाला निर्माणको लागि ८ धुर जग्गा दान  गर्नुभएको छ। धर्मशाला निर्माणको लागि २० लाख रुपैया विनियोजित गरिएको  वडा अध्यक्ष इनामुल्लाह फकिरले जानकारी दिनुभयो ।

वडा अध्यक्ष इनामुल्लाह फकिरको अध्यक्षता, प्रदेश सभा सदस्य हेमा बेलबासेको प्रमुख आतिथ्यता, वडा नम्बर २ का वडा सचिव पशुपति लम्सालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सन्जय कुमार यादवले गर्नुभएको थियो ।