पश्चिम् अमवामा महिलाको पाठेघर, स्तन क्यान्सर तथा निःशुल्क दन्त शिविर सम्पन्न

मेचीकाली संवाददाता

१८ जेष्ठ २०८२, शनिबार
27 shares


तुलसीराम पौडेल
सियारी, जेष्ठ १६

रुपन्देहीको  सियारी गाउँपालिका वडा नम्बर ७ को आयोजनामा शुक्रबार अमवा स्वास्थ्य चौकीमा महिलाहरूको पाठेघर तथा स्तन क्यान्सर परीक्षण र निःशुल्क दन्त शिविर सम्पन्न भएको छ।
शिविरमा कुल ११४ जना सेवाग्राहीले विभिन्न किसिमको स्वास्थ्य सेवा प्राप्त गरेका थिए। जसमध्ये ७४ जना महिलाको पाठेघरको परीक्षण गरिएकोमा १८ जनामा क्यान्सर पोजिटिभ देखिएको आयोजकले जनाएको छ।

शिविरमा सहभागीहरुलाई निःशुल्क औषधि वितरण गर्नुका साथै दन्त परीक्षण तथा परामर्श सेवा पनि प्रदान गरिएको थियो।

शिविरमा नेपाल परिवार नियोजन संघ, बुटवल र पब्लिक डेन्ट केयर, फर्साटिकरको प्राविधिक सहयोग रहेको थियो।
स्वास्थ्य सेवा लिने सहभागीहरूले यस्ता कार्यक्रमहरू गाउँस्तरमा सञ्चालन हुनु अत्यन्तै लाभदायी भएको बताएका छन्।
सियारी गाउँपालिका–७ का वडाध्यक्ष दिपक शाही तथा आयोजक समितिका प्रतिनिधिहरूले समुदायमा यस्ता शिविरहरू थप सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।