एनआइईसीको नेक्ट जेन करियर इभेन्टस् आयोजना

मेचीकाली संवाददाता

२१ जेष्ठ २०८२, मंगलवार
147 shares

बुटवल, जेठ २० । बुटवल ट्राफिकचोकस्थित एनआइईसी एजुकेशन कन्सलटेन्सीले आउदो शुक्रबार बुटवलमा वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुलाई लक्षित गरेर इभेन्ट आयोजना गर्ने भएको छ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी एनआइईसीले ‘नेक्ट जेन करियर इभेन्ट’ आयोजना गरेको हो ।
बुटवलमा स्थापना भएको दुई वर्षमा राम्रो काम गर्न सफल एनआइईसीले विभिन्न १३ वटा देशमा काम गर्दै आएको छ । एनआइईसी बुटवल शाखा प्रमुख लक्ष्मी न्यौपानेले कार्यालयमै इभेन्ट हुने बताइन ।
करियर इभेन्टमा विद्यार्थीहरुलाई विदेशमा विभिन्न विश्वविद्यालयको बारेमा काउन्सिलिङ गरिने बताइन । ‘विश्वका उत्कृष्ट युनिभर्सिटीमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई राम्रो अवसर हो, अहिलेसम्म बिद्यार्थीहरुको निकै राम्रो सहभागिता देखिएको छ ।’ न्यौपानेले भनिन । इभेन्टमा २०० भन्दा बढी विद्यार्थीको सहभागिता हुने अपेक्षा गरिएको छ ।
एनआइईसीका अभिषेक पटुवालले विद्यार्थीको सुरक्षित करियर निर्माणमा सहयोग गर्ने गरी इभेन्ट राखिएको बताए । एकै स्थानबाट धेरै शैक्षिक परामर्शदाताको सेवा पाउन सकिने पटुवालको भनाइ छ ।