

रीमा बि.सी.
बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवलवासीहरुलाई लक्षित गरी विभिन्न खालका सीप र रोजगारीसँग जोडेर विभिन्न खालका तालिम र सीपहरु प्रत्येक वर्ष सञ्चालन गर्दे आइरहेको छ । स्वदेशमै रोजगारी श्रृजना गरेर आत्मा निर्भर बनाइ आत्मा सम्मानका साथ आत्मा निर्णय गर्न सक्ने अब्बल बुटवलवासी बनाउन भन्दै धेरै बजेट विनियोजन गरि कार्यान्वयन गरिरहेको छ ।
बुटवल उपामहानगरपालिकी उपप्रमुख सावित्रा देवी अर्यालले महिलाहरुलाई सीप दिएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुहुन्छ । महिलाहरु आर्थिक रुपमा सबल नभएसम्म अगाडी बढ्न नसक्ने भएकाले पनि महिला सशक्तिकरणको लागि सीप आवश्यक रहेको अर्यालको भनाई छ । ‘महिलाहरु आर्थिक रुपमा बलियो नभएसम्म अधिकारले मात्र अगाडी बढन सक्दिैन’ उपप्रमुख अर्यालले भन्नुभयो । ‘महिलाहरुलाई सीप र रोजगारमा जोडियो भने मात्र महिला सशक्तिकरणले सार्थकता पाउँछ । त्यसैले बुटवलका महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर गराउनका लागि बत्ती काट्ने, फेशन डिजाइन, टेलरिङ, जुत्ता चप्पल बनाउने तालिम, बाटेको धूप बनाउने तालिम, कम्प्युटर तालिम, नेतृत्व विकास, बाध्यबादन लगायतका धेरै तालिमहरु प्रत्येक वर्ष दिंदै आइरहेको र यसबाट बुटवल उपमहानगरपालिकाका धेरै युवा र महिलाहरु लाभान्वित भएको उपप्रमुख अर्यालले भन्नुभयो ।
‘समानता, स्वाभिमान अवसर र बस्नयोग्य बुटवल शहर’ मूल नारा बोकेर बुटवल उपमहानगरपालिका अगाडी बढेको देखिन्छ ।, महिला र युवाहरुलाई आत्मनिर्भर र स्वाभिमानी बनाउन सीप विकासका माध्यमबाट धेरै सहयोग त पक्कै गरेकै छ । बुटवल उपमहागरपालिकाका १९ वटै वडाहरुमा ‘बेराजगार तथा गृहिणी महिलाहरुलाई सीप र अर्थतन्त्रसँग जोड्ने खालका टुक्रे कार्यक्रमहरु धेरै रहेका छन्. । यसले पक्कै पनि नगरवासी महिला र युवाहरुलाई केही हदसम्म बोल्न र आत्मा निर्भर बन्न सक्ने गरी केही गर्नुपर्छ भन्ने हुटहुटी जागेको छ भने जनप्रतिनिधि र कर्मचारीहरुलाई पनि सीप विना उद्यमी बन्न सजिलो छैन भन्ने कुरा राम्ररी बुझेका छन् । बुटवलवासी आत्मा निर्भर नबन्दासम्म समुन्नत शहर बनाउन सकिदैन भन्ने छ त्यसकारण पनि यस्ता कार्यक्रमहरुले प्राथमिकता पाएका छन् ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले समुन्नत बुटवल निर्माणका लागि भौतिक पूर्वाधार विकाससँगै मानवीय विकासलाई पनि सँगसँगै लगेर समानता, स्वाभिमान र बस्न योग्य बुटवल शहर बनाउनका लागि विभिन्न सीपमुलक र आत्मा निर्भर बन्ने खालका कार्यक्रमहरु गर्ने गरेको बताउादै यस्ता कार्यक्रमलाई आगामी बर्षमा पनि नीति तथा योजनामा निरन्तरता दिने बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाले नगरबासीहरुलाई लक्षित गरी सीप र उद्यमशिलतासँग जोडेर स्वरोजगार बनाउने योजना सफल भएको दावी गरे पनि विगतमा गरेका मानवीय विकाससँग जोडिएका विषयहरुको प्रभाव मूल्यांकन गरी कति जनाले सीप सिके कति जना स्वरोजगार भएर र कति जनाले आत्मा निर्भर भई जीविको पार्जन गरेका छन भन्ने विश्लेषणत्मक तथ्यांक नगरपालिकासँग छैन् । खाली यति जनाले यो सीप सिकाइयो भन्ने संख्यात्मक तथ्यांक देखिन्छ । यसले के देखाउँछ भने बुटवलबासीहरुलाई लक्षित गरी विभिन्न खालका सीपमूलक र उद्यमशिलतासँग जोडिने खालका योजनाहरु निर्माण गरेर कार्यान्वयन गरेपनि प्रभाव मूल्यांङ्कन नगरिदां त्यत्ति प्रभावकारी देखिदैन यसका लागि नगरपालिकाले प्रत्येक कार्यक्रम र योजनाहरुको प्रभाव मूल्यांकन गर्ने परिपार्टी बसाल्नुपर्छ । यसले नगरपालिकाको वास्तविक अवस्था के हो त्यो देखाउँछ ।
आम्दानीको उपाय नहुँदा परिवारमा अपहेलना र खर्च चलाउन दुःख भोग्दै आएका नगरका महिला र युवाहरू सीप सिक्ने अभियानमा जुटेका छन् । कतिपय महिलाहरूले सीप सिकेर व्यवसायिक उत्पादन समेत थालेका छन्् । घरखर्चकै लागि पुरुषमा निर्भर हुँदै आएका र आर्थिक अभावकै कारण परिवारभित्र कलह सहन बाध्य महिलाहरू आयआर्जनमा लागेसँगै आर्थिक उपार्जन समेत भएको छ । बुटवलका ग्रामीण क्षेत्रका महिलाहरू हिजोआज फेशन डिजाइन, टेलरिङ, जुत्ताचप्पल बनाउने तालिम, बाटेको धूप बनाउने कम्प्युटर तालिम, नेतृत्व विकास, बाध्यबादन अचार निर्माण, झोला, टोपी, जुत्ता सिलाइ, बच्चाका लुगा र अन्य सामान निर्माण गर्नसक्ने बनेका छन् । सीप सिकेर गाउँ पसेका महिलाहरूले हिजोआज उद्यम नै सञ्चालन गरिरहेका छन् । यसले आफूहरू आर्थिक रूपमा आत्मनिर्भर बनेपछि परिवारमा पनि सम्मान पाउन थालेको उद्यमी महिलाहरुको अनुभव छ ।
बुटवल उपमहानगरपालिका ८ की जानुका पन्थी अर्यालले आफ्नो खुशी साट्दै भन्नुभयो । ‘हामीलाई बुटवलले चप्पल बनाउने सीप सिकायो चार जनाको समूहमा बसेर काम गरिरहेका छौ । बेसिक तालिम लिइएर तीन ओटा डिजाइन सिकियो । अहिले आठ ओटा डिजाइनमा काम गर्न सक्ने भएका छौ । सामान्य बजेट उठाएर काम गरिरहेका छौ । खर्च उठेको छ । अब आउने हाम्रो कमाई हुन्छ । अब यसलाई कसरी राम्रो बनाउन सकिन्छ सो विषयमा हामीले ध्यान दिएका छौ । कसरी आर्थिक रुपमा अब्बल हुन सकिन्छ र आत्मा निर्भर बन्न सकिन्छ त्यो विषयमा हामी लागेका छौ । आगामी दिनमा अरुसँग ऋण माग्नुपर्ने बाध्यता टर्छ भन्ने विश्वास जागेको छ । हातमा सीप छ, मनमा आँट पनि छ ।’ सीपले नै आर्थिक आम्दानी गर्न सजिलो हुने भन्दै यसलाई अझ ठूलो स्केलमा कसरी बढाउन सकिन्छ त्यो विषयमा सोचेको बताउनुभयो । सीप प्राप्त गरेपछि आयआर्जनका लागि भौंतारिनुपर्ने बाध्यता हट्ने र आफूहरूले उत्पादन गरेका सामाग्रीको बजारीकरणलाई व्यवस्थित गर्ने बताउनुभयो ।
उद्यमी अर्याल लगायत चार जनाको टोलीले अहिले उत्पादन गरेका चप्पलहरु स्थानीय वडावासीलाई विक्री गर्दे आएको र जसको मूल्य ३ सयदेखि ५ सयसम्ममा बेच्ने गरेको बताउनुभयो । हातले बुटिक गरेको चप्पललाई पाँच सय र साधारण चप्पललाई तीन सयमा बेच्ने गरेको बताउनुभयो ।
बुटवल उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष यज्ञ प्रसाद पंगेनीले वडाले महिलाहरूलाई आयआर्जन मूलक सीप प्रदान गरिएको र यसले उनीहरू उद्यमी बन्दै गएको बताउनुभयो । अध्यक्ष पंगेनीका अनुसार सीप विकास अन्तरर्गत जुता बनाउने, कौशी खेती तालिम, धुप बनाउने तालिम, मादल र बाध्यवाधन बजाउने तालिम, सहकारी व्यवस्थापन शिक्षा भान्सा सुधार कार्यक्रम, ब्यूटी पार्लर, सामाजिक सुरक्षा र जीविको पार्जन, नेतृत्व विकास लगायतका कार्यक्रमहरु गरिएको बताउनुभयो । यस्ता सीपले आत्म निर्भर बन्नुपर्छ भन्ने सोचको विकास र नेतृत्वमा अग्रसर हुनुपर्छ भन्ने मानसिकताको विकास हुँदोरहेछ अध्यक्ष पंगेनीले भन्नुभयो ।
अब नयाँ प्रविधिको सीप आवश्यक छ । हामीले महिलाहरूलाई सानो लगानीमा सञ्चालन गर्नसक्ने सीप प्रदान गरिरहेका छौं, सीप सिकेपछि उनीहरू उद्यममा लागेका छन् ।’ बत्ती काट्ने, फेशन डिजाइन, टेलरिङ, जुत्ता चप्पल बनाउने तालिम, बाटेको धूप बनाउने तालिम, कम्प्युटर तालिम, नेतृत्व विकास, बाध्यबादन लगायतका तालिम प्रदान गर्ने गरिएको छ । यसमा आर्थिक रूपमा कमजोर र सीमान्तकृत समुदायलाई प्राथमिकता दिने गरिएको छ ।
निष्कर्षमा भन्नुपर्दा बुटवल उपमहानगरपालिकाले मानवीय विकासका लागि विभिन्न खालका सीप मूलक कार्यक्रमहरु बत्ती काट्ने, फेशन डिजाइन, टेलरिङ, जुत्ताचप्पल बनाउने तालिम, बाटेको धूप बनाउने तालिम, कम्प्युटर तालिम, नेतृत्व विकास, बाध्यबादन लगायतका सीपमूलक तालिमहरुको प्रवाह गरी उद्यमशिलतालाई जोड दिने खालका कार्यक्रमहरु गर्दे आइरहेको छ । जसले गर्दा समाजमा आत्मा निर्भर बन्नुपर्छ भन्ने सोंचको विकास भएसँगै नयाँ नयाँ प्रविधिसँगको सामिप्यता पनि वढेकोले पालिकाले गरेका हरेक सीपमूलक र आयआर्जन मूलक तालिमहरुको प्रभाव मूल्यांकन गर्ने गरि बुटवलको पहिचान बनाउनुपर्छ यसका लागि सिकाई उपलब्धीको मापन गरिनुपर्छ । यसका लागि बुटवल उपमहानगरपालिका सक्षम छ , यसमा संवेदनशिल बन्नुपर्छ ।