

टोपलाल अर्याल
गुल्मी। गुल्मीको मुसिकोट नगरपालिकामा जनप्रतिनिधीले कर्मचारीसहित पत्रकारलाई दुव्र्यवहार गरेपछि बिरोध सुरु भएको छ । नीति तथा कार्यक्रम नजिकमा जनप्रतिनिधीको व्यवहारले कर्मचारीले पेन डाउन गरेका छन् । भने पत्रकार महासंघ र पेसागत संगठनले पनि बिरोध जनाएका छन् । कार्यालय प्रमुखसहित शाखामा कार्यरत कर्मचारीहरु माथि जनप्रतिनिधीले दुव्र्यवहार गरेपछि मुसिकोट नगरपालिकाका कर्मचारील अनिश्चित कालका लागि पेन डाउन गरेका हुन् । विगत केही दिनदेखि विभिन्न बिषयमा जनप्रतिनिधीहरु लगायतका व्यक्तिहरुबाट कार्यस्थलमा दुव्र्यवहार गर्ने, कर्मचारीहरु माथि तथ्यहिन बिषयवस्तुमा आरोप लगाउने, अपशब्द प्रयोग गरी डर, धम्की देखाउने, कार्यस्थलमा बन्धक बनाएर कर्मचारीको आत्मसम्मानमा चोट पुगेकाले आन्दोलन गर्ने अवस्था आएको मुसिकोट नगरपालिकाको प्रशासकीय अधिकृत मुना ज्ञवालीले बताउनु भयो ।
शुक्रबार सवै कर्मचारीहरुले पेन डाउन गरेर कार्यालयको मुल गेटमा धर्ना दिएका थिए । कर्मचारीहरुको आकस्मिक वैठकले सम्मानपूर्वक कार्य गर्ने वातावरण सिर्जना नभएसम्म काम नगर्ने र आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने ज्ञवालीले बताउनुभयो । आन्दोलन अवधीभर अत्यावश्यक बाहेकका सेवा प्रवाह नगर्ने निर्णय भएकाले सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेको बताउनुभयो । नगरका सवै क्षेत्रमा काम गर्ने कर्मचारीहरु हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र मुसिकोट नगरपालिका प्रमुख जिवलाल खरेल ‘जीवन’ र उपप्रमुख गंगा श्रेष्टलाई बुझाएका छन् ।
असार ५ गते मुसिकोट नगरपालिकाको नीति तथा कार्यक्रम रहेको थियो । सभा सुरु हुनुभन्दा पहिला कांग्रेस निकट जनप्रतिनिधी र कर्मचारीहरुबिच विवाद भएको थियो । मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष आन्नद श्रेष्ठ, २ का वडाध्यक्ष रविन्द्र केसीद्वारा विवादको रिर्पोटिङ्ग गर्न थालेका पत्रकार सुर्य सुनार माथि दुव्र्यवहार भएको थियो ।
सुनारको दुव्र्यवहारप्रति पत्रकार महासंघ गुल्मी, प्रेस चौतारी गुल्मी र कार्यरत संस्था बिटिभीले बिज्ञप्ती खेद प्रकट गरेको छ । पत्रकार सुर्य सुनारले दुव्र्यवहार गर्ने जनप्रतिनधी, मोवाइल खोसेर भिडियो डिलिट गराउने प्रहरीका बिरुद्ध आफुले प्रहरीमा जाहेरी दिने तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“मैले सार्वजनिक विवादलाई जान्न र खिच्न पाउने अधिकारको उपभोग गर्दा म माथि हातपात र भिडियो डिलिट गराउने काम भयो । आइतबार कानुनी उपचारको लागि प्रहरीमा जाहेरी दिँदैछु ।”
मुसिकोट नगरपालिकाको नगरसभा मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष आन्नद श्रेष्ठ, २ का वडाध्यक्ष रविन्द्र केसी, ८ का वडाध्यक्ष रमेश विक तथा वडा नं. ९ का वडाध्यक्ष भुमा गुरुङले सभा बहिष्कार समेत गर्नुभएको छ । निति तथा कार्यक्रम प्रस्तुत गर्नु अघि बसेको कार्यपालिका बैठकमा उठेको विषयमा विवाद हुँदा प्रमुख प्रशासकिय अधिकृत सहितका कर्मचारी र उपप्रमुख समेतलाई केहि कांग्रेस निकट जनप्रतिनिधीहरुले प्रशासन शाखामै झण्डै दुई घण्टा गरेको दुव्र्यवहारका कारण समस्या सृजना भएको नगरपालिकाका प्रवक्ता हरिहर सापकोटाले जानकारी दिनुभयो ।
उहाँले जनप्रतिनिधीहरुले सार्वजनिक संरचना तोडफोड गर्ने र कर्मचारी दुव्र्यबहार गरेका कारण कर्मचारीले गरेको आन्दोलनले अन्तत सेवाग्राही प्रभावित भएको बताउनुभयो । मुसिकोट नगरपालिका प्रमुख जिवलाल खरेल ‘जीवन’ ले आकस्मिक रुपमा कर्मचारीले गरेको निर्णयले असार र नीति तथा कार्यक्रममा ठूलो प्रभाव पर्ने भएकाले निर्णय पुनर्बिचार गर्न आग्रह गर्नुभयो । उहाँले कर्मचारीलाई ढुक्कले काम गर्ने वातावरण सिर्जना गर्न आफुले सवै पहल गर्ने बताउँनुभयो ।