सियारीमा मुस्लिम समुदायको लागि परिवार स्वास्थ्य सम्बन्धि अभिमुखिकरण

मेचीकाली संवाददाता

१४ असार २०८२, शनिबार
48 shares

तुलसीराम पौडेल –
सियारी, आषाड १४

रुपन्देही स्थित सियारी गाउँपालिका अन्तरगतका मुस्लिम समुदायको लागि खुसाल स्वास्थ्य परिवार सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भयो ।सियारी गाउँपालिका कार्यालय स्वास्थ्य शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सहजीकरण प्रशिक्षकहरु डाक्टर समीर मिया, डाक्टर अल्मिरा खान र गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले गरेका थिए ।
सियारी गाउँपालिका वडा नम्बर -३ का वडा अध्यक्ष रामचन्द्र कुर्मीको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष तारा थारुको विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको संचालन गाउँपालिका स्वास्थ्य शाखा जन स्वास्थ्य अधिकृत मनोज पौडेलले गर्नुभएको थियोे ।