नेपाल किसान महासंघ लुम्बिनीको बुटवलमा रोपाइ उत्सव

मेचीकाली संवाददाता

१५ असार २०८२, आईतवार
15 shares

बुटवल। नेपाल किसान महासंघ, लुम्बिनी प्रदेश, जिल्ला कार्यसमिति रुपन्देहीले २२ औं राष्ट्रिय धान दिवसको अवसरमा आइतबार बुटवल उप–महानगरपालिका–१९ मा धान रोपाइँ गरेर दिवस मनाएको छ । किसान राजेन्द्र क्षेत्रीको खेतमा रोपाइ गरिएको हो । सो अववसरमा बोल्दै नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले देशलाई कृषिमा आत्मनिर्भर बनाउन खेतीयोग्य जमिनको खण्डीकरण रोक्नुपर्नेमा जोड दिए ।

नेता पुनले मलखाद उपलब्ध नहुँदा किसान सबै समस्या रहेको बताउँदै सरकारले प्रयाप्त मात्रामा समयमा उपलब्ध गराउन आग्रह समेत गरे । सरकारी अनुदानमा पारदर्शिता नभएको भन्दै उनले वास्तविक किसानको पहुचमा पु¥याउनुपर्ने उनको भनाइ थियो । किसान महसंघ लुम्बिनी प्रदेशका अध्यक्ष रीता केसी नेपालमा कृषि पेशामा संलग्न रहेका किसानहरुले संगठित गर्दै अघि बढेको बताइन् ।

उनले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउदै परम्परागत रैनाथे बालीको पनि संरक्षण गर्ने योजना सरकारले ल्याउन आवश्यक रहेकोमा उनको जोड थियो । धान उत्पादन वृद्धिको लागि बीउ उत्पादन, प्रविधि प्रदर्शन, सिँचाइ, सघनता वृद्धि, चैते धान प्रवद्र्धन, रैथाने जात संरक्षण लगायतका विविध कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले जोड दिइन । सो अवसरमा रोपारेहरुले असारे गीत गाउँदै पञ्चेबाजामा नाचेर रोपाइ उत्सव समेत मनाएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला र प्रदेश तहका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सचिव छाया पोखरेलले गरेका थिए ।