सियारीमा जेरियाटिक (जराचिकित्सा ) तथा लैङ्िगक हिंसा व्यवस्थापन सम्बन्धि अभिमुखिकरण

मेचीकाली संवाददाता

१८ असार २०८२, बुधबार
427 shares

तुलसीराम पौडेल –
सियारी,असार १८

रुपन्देहीको सियारी गाउँपालिकामा जेष्ठ नागरिक स्वास्थ्य सेवा जेरियाटिक ( जरा चिकित्सा ) तथा लैङ्िगक हिंसा व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम मंगलवार सम्पन्न भयो । सियारी गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा ५० जना जेष्ठ नागरिकको सहभागिता रहेकोे थियोे ।
कार्यक्रमको सहजीकरण सियारी स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्ती , जनस्वास्थ्य अधिकृत हरु मनोज पौडेल र प्रकाश पन्थीले गर्नुभएको थियोे ।
सोही अवसरमा सियारी गाउँपालिकाको आर्थिक सहयोग र श्रवण हेयरिङ्ग एण्ड चाइल्ड केयर सेन्टर बुटवलको प्राविधिक सहयोगमा सियारी गाउँपालिका अन्तरगत अति कम कान सुन्ने १२  जनालाई  कान सुन्ने मेसिन वितरण गरिएको छ।
त्यसै गरि एच .आइ. भि प्रभावित १० जना घर परिवारलाई  गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले खाद्य सामाग्री वितरण गर्नुभएको थियोे ।
सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरे तथा  प्रमुख प्रशासकीय अधिकृत असर जिसिले गाउँपालिका नागरिक प्रती सधैं उत्तरदायित्व रहने  बताउनु भयो।