

मुक्ति न्यौपाने
स्याङ्जा । जबरजस्ती करणी मुद्दामा फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गाउँमै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
जबरजस्ती करणी मुद्दामा तीन वर्ष छ महिना कैद सजाय र एक लाख पचास हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ९ सुन्तलीटार बस्ने ५० वर्षीय ध्रुवराज भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।
कैद र जरिवाना फैसला तोकिएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले बिहीबार पक्राउ गरी कैद भुक्तान र जरिवाना असुलको लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको निमित्त सूचना अधिकारी तिवारीले बताए ।