

मुक्ति न्यौपाने
वालिङ । स्याङ्जाको आँधीखोलामा एक महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
पुतलीबजार नगरपालिका १ ठाडो लाईन डेरा गरी बस्ने सोही नगरपालिका १३ बिसौना घर भएकी २३ वर्षीया सुस्मा घर्ती भुजेल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।
पुतलीबजार नगरपालिका १ मालेबगरस्थित आँधीखोला पुलमुनी घर्ती मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।