होटेल म्यानेजमेन्टमा आस्थमको उत्कृष्ट नतिजा

मेचीकाली संवाददाता

२१ असार २०८२, शनिबार
13 shares

बुटवल, असार २१ । बुटवलकै पुरानो एशियन स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आस्थम) बुटवलले १६ औ ब्याचका उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । बुटवल–८ राजमार्ग चौराहास्थित आस्थमबाट डिएचएम र एडिएचएममा तीन जना डिस्टिङ्सन सहित सबै विद्यार्थी पास आउट भएका छन् । आस्थमबाट एडिएचममा टपर र डिष्टिङ्सन अंक ल्याउने अनुप थापा र प्रज्ज्वल गुरूङ, डिएचएममा टपर सुस्मिता थापा, रक्षा शाह गुप्ता र अन्जुली चौधरी लगायत विद्यार्थीलाई सम्मान गरिएको हो । सुस्मिताले ८८.२० प्रतिशत, रक्षाले ८२.२० प्रतिशत,अन्जुलीले ८१.१० प्रतिशत,अनुप थापाले ८३.८२ प्रतिशत र प्रज्ज्वल गुरुङले ८३.४५ प्रतिशत अंक सहित उत्कृष्टता हासिल गरेका हुन् ।
लुम्बिनी प्रदेशकै उत्कृष्ट होटेल म्यानेजमेन्ट तालिम केन्द्र रहेको आस्थमले पछिल्लो यो नतिजालुम्बिनी प्रदेशकै उत्कृष्ट रहेको दावी गरेको छ ।
कार्यक्रममा आस्थमका प्रबन्धक निर्देशक जिएस गुरूङले बोल्दै होटल व्यवस्थापनको तालि आफैमा सीपमूलक र व्यवहारिक भएकाले कोही पनि बेरोजगार हुन नपर्ने बताए । आस्थमले भोकेसनल एजुकेशनलाई जोड दिदै आएको बताउँदै निर्देशक गुरूङले यो कोर्ष अध्ययन गरेको विद्यार्थी ब्याचलर तेस्रो सेमेस्टरमाथि जुनकुनै देशमा गएर पनि आफ्नो अध्ययनलाई अघि बढाउन सक्ने बताए ।
कार्यक्रममा संस्थाका कोअर्डिनेटर मिलन रानालेडिप्लोमा लेभलको होटल म्यानेजमेन्ट कोर्ष पूरा गरेपछि स्वेदश र विदेशमासजिलै रोजगारी पाउन वा आफै व्यवसायी बन्न सकिने बताए । आस्थमका पूर्व विद्यार्थी तथा होटल द फ्लामिंगोकासुपरभाइजर योगेश अधिकारीले स्वदेशमै हस्पिटालिटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले यहीं बसेर धेरै काम गर्न सकिने बताए ।
आस्थम बुटवलको पहिलो दर्ता भएको होटल म्यानेजमेन्ट अध्यापन गराउने शैक्षिक संस्था हो । हालसम्म १० हजार भन्दा बढी विद्यार्थीले विभिन्न अवधिका तालिम पूरा गरेका छन् । वि.स.२०६० सालमा स्थापना भएको आस्थमले १५ महिने र ६ महिने गरी एड्भान्स लेवलको होटल म्यानेजमेन्टको तालिम प्रदान गर्दै आएको छ । आस्थमले हरेक वर्ष एक महिना स्विजरल्याण्डबाट होटेल व्यवस्थापनका विज्ञ ल्याएर विद्यार्थीलाई सिकाउदै आएको छ ।
सो अवसरमा आस्थमका तालीम संयोजक इश्वरमान थापा, विद्यार्थीहरु रक्षा शाह लगायतले बोल्दै उत्कृष्ट व्यवस्थापन र विद्यार्थीमैत्री वातावरणका कारण आस्थमका विद्यार्थीको राम्रो नतिजा आएको बताए । आस्थममा डिएचएम, एडिएचएम र डिजिसिए को पढाई हुन्छ । यी कोर्षको शत प्रतिशत इन्टर्नसीप र रोजगारीमा सहभागी, युकेबाट प्रमाणित कोर्ष, व्याचलरको दोस्रो र तेस्रो वर्ष विदेश पढ्न ट्रान्सफर गर्न सकिने, स्वीजरल्याण्डका दक्ष प्रशिक्षक र प्रयोगात्मकलाई आस्थमका सबल पक्ष रहेको विद्यार्थीहरुले बताए ।