सियारीमा जग्गा धनी प्रमाण पुर्जा वितरण

मेचीकाली संवाददाता

२७ असार २०८२, शुक्रबार
86 shares

तुलसीराम पौडेल – 

सियारी, असार २६ 

रुपन्देहीको सियारी गाउँपालिकामा लामो समयदेखि भोगचलन गर्दै आइरहेका तर पुर्जा नभएका ४७४ जना घरपरिवारलाई   बिहीबार जगाधनी प्रमाणपुर्जा वितरण वितरण गरिएको छ। सियारी वडा नम्बर १ का ११ घर अव्यवस्थित बसोबास भएका तथा सियारी वडा नम्बर २,३,४ र ५ का ४६३ घरपरिवारलाई   गाउँ ब्लकको जग्गाको जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको छ।

नापी कार्यालय रुपन्देही तथा भुमि समस्या समस्या समाधान आयोग जिल्ला कार्य समिति रुपन्देही र सियारी गाउँपालिकाको संयुक्त आयोजनामा एक कार्यक्रमका बीच लालपुर्जा वितरण गरिएको हो ।

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षता, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंको प्रमुख आतिथ्यता, सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुको स्वागत मन्तव्य रहेको कार्यक्रममा 

भुमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा ,भुमि आयोग रुपन्देहीका सदस्य सचीव सुग्रीव यादव , सियारी गाउँपालिका प्रबक्ता एवं वार्ड नम्बर ७ का अध्यक्ष दिपक बहादुर शाही ,नेपाली काङ्ग्रेस सियारी गाउँपालिका सभापति गोपाल पाण्डे ,नेकपा माओवादीका चन्द्रकान्त शर्मा , नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि नन्दा थारू जग्गा धनी प्रमाणपत्र प्राप्त गर्ने मध्यका प्रेमबहादुर दर्जी लगायतले मन्तव्य दिनुभएको थियोे ।

कार्यक्रमको संचालन सर्भेक्षक सालिकराम सुवेदीले गर्नुभएको थियो ।