तिनाउ गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२७ असार २०८२, शुक्रबार
44 shares

बुटवल । पाल्पाको तिनाउ गाउपालिकाले तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । सीमित साधन स्रोत तथा भौगोलिक बनावटका कारण सोचे जति विकास नभएको पालिकाले स्वीकार गरेको छ । तिनाउ गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जनताका प्रतिनिधिका रुपमा सुनुवाईका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै संघ प्रदेश र स्थानीय पालीकामा भएका स्रोतहरु सकेसम्म परिचालन गरिएको बताउँदै कतिपय कामहरु बजेट हुँदाहँुदै पनि काम अगाडि बढ्न नसकेको बताए । पालिकाले शिक्षा, स्वास्थय, र कृषिमा जोड दिएको अध्यक्ष श्रेष्ठले बताए ।

पालिकामा आम्दानीको स्रोतहरु कम भएकाले सबै क्षेत्रमा सबै क्षेत्रका मागहरु सम्बोधन हुन नसकेपनि प्राथमिकताका आधारमा कामहरु भएको बताए । त्यस्तै प्रशासकीय अधिकृत दिनेश सारुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८ को ५ बमोजिम स्थानीय सरकारलाई सुसासन तथा पारदर्शी बनाउनका लागि सुनुवाइ गरिएको बताए । जनातका कामहरु सेवा प्रबाह सकेसम्म छिटो छरितो बनाउन आवस्यक कदमहरु सञ्चालन भएको दाबी गरे । आर्थिक वर्ष २०८१/८२ मा शिक्षा स्वास्थय र कृषि तिनाउ पालिकाको प्राथमिकता रहेको छ ।

भौगोलीक शिसाबमा बुटवल र पाल्पाको बिचमा रहेपनि धेरै ठाउँ विकट भएकाले विकास निर्माणमा असहजता भएको र बजेटको आकार पनि सानो भएकाले आकांक्षा अनुरुप काम गर्न नसकिएको पालिकाका अध्यक्ष प्रेम श्रेष्ठको भनाइ छ । पालिकाभित्र रहेका शैक्षक गृहहरुलाई समयानुकुल शिक्षा प्रदान गर्दे उद्देश्यले आईटीसंग सम्बन्धित प्रशिक्षण, जिल्लास्तरीय विभिन्न खेलकुदहरुमा सहभागीता गराएको, ३५ विद्यालयमा अनुगमन गरी शैक्षिक गुणस्तर उकास्न प्रयास गरिएको, विद्यालयमा दिवा खाजा, गरीब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम, तथा प्रविधिक शिक्षामा जोड दिएको छ भने विभिन्न विद्यायहरुमा इन्टरनेट जडान गरी अध्ययन अध्यापनलाई सहजता बनाइएको छ ।

स्वास्थ्यतर्फ, विद्यलयसहित समुदायमा नसर्ने रोगका बारेमा सचेतना, पूर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा, पूर्णखोपयुक्त पालिका सुनिश्चितm नवजात साथै प्रसुती स्याहार, घरमा हुने सुत्केरी सुन्य भएको तथा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमहरु सञ्चालन भएको । कृषिमा तिनाउ कृषिउपज केन्द्र सञ्चालन, कृषकहरुलाई सिचाईका लागि पोखरी, टनेलसहित विभिन्न खालका अनुदान कार्यक्रमहरु, उन्नत कृषिउपज उत्पादनमा जोड, कोल्डाडामा कृषि पकेट क्षेत्र, मौरी घार बितरण कार्यक्रम, प्रदेशअन्तर्गत मौरी पालन सिप विकास तालीम, व्यवसायिक तरकारी खेती प्रविधि हस्तान्तरण जस्ता कामहरु गर्दै आएको सुनुवाईमा सार्वजनिक गरिएको छ ।

सम्पन्न भएका योजना ९२ वटा, सम्झौता ९६ वटा, योजना संख्या ११० र सम्झौता भएर पनी ४ वटा योजना अगाडि बढ्न नसकेको सार्वजनिक गरेका थिए । पालीकाको आम्दानी ४ करोड २३ लाख रहेको छ । त्यस्तै भौतीक विकासमा लुम्बिनी प्रदेश सरकार तथा संघीय सरकारमार्फत सम्पन्न गरिएको छ । १०६० घटना दर्ता, तथा ८ हजार ४ सय ३७ जनालाई सामाजिक सुरक्षा बितरण न्यायिकतर्फ पालिकाको सबै वडामा मेलमीलाप केन्द्रको स्थापना गरी न्याय सम्पादनमा सहजता प्रदान गरेको छ ।

उद्यमशिलता तालीम सहकारी व्यवस्थापन, रोजगार सिर्जना गर्ने अभियान सञ्चालन गरी स्थानीय रुपमा रोजगार सिर्जना गर्ने प्रयास थालिएको छ । पालिकामा संघबाट भएको आम्दानी ३१ करोड ४७ लाख राजस्व बाडफाड १० करोड ५० लाख रहेको छ । यस आर्थिक वर्ष २०८१÷८२ मा ३८ करोड४ लाख ७८ हजार बिनियोजन गरेकोमा ३१ करोड ४१ हजार खर्च भएको छ । करिब ८१ प्रतिशत खर्च जर्न सफल रहेको पालीको सार्बजनीक सुनुवाई मार्फत गरेको छ ।

सार्वजनिक सुनुवाईमा विभिन्न क्षेत्रमा सहभागीहरुले केही कर्मचारी प्रशासनको कामप्रति प्रश्न उठाउँदै आगामी दिनहरुमा सच्चिन आग्रह गरेका थिए भने जनप्रतिनिधिहरुको सवालमा पालिकामा रहेको गरिबी निवारण गर्न र सबै क्षेत्रमा उत्तिकै प्राथमिकता दिन आग्रह गरेका थिए । समग्रमा तिनाउ गाउँपालिका भौगोलिक हिसाबमा विकास गर्न कठिनाई रहेको र बजेट पनी न्यून रहेको गुनासो रहेको छ ।