मिलन गाहा
बुटवल । आजभालि बिदेश जाने संस्कार नै बसेको छ । कक्षा १२ को पढाई सकेपछि सक्ने युरोप, अमेरीका नसक्ने गल्फतर्फ यो संस्कारले नेपाली पुँजी पलायन भइरहेकौ छ । अध्ययनका शिलशिलामा ५० औँ लाख खर्च गरेर बिदेशीने नगदले नेपालमा धेरै उद्योगहरु खोल्न सकिन्थ्यो ।
यसका माधयमबाट रोजगारी पनी सिर्जना हुन्छ । यहाँ राज्यले केही गरेन भन्ने भाष्य सिर्जना गरिएको छ । आफुले पनि केही गरौँ भन्ने संस्कार पनि बसाउन पर्ला की । राज्यले नागरीकका लागि सहजता प्रदान गरेपछी नागरीकले काम गर्नु पर्छ । नागरीकलाई राज्यबाट सुरक्षाको प्रत्याभुती र बजारको ग्यारेन्टी भए पुग्छ ।
नेपालमै लगानी गरेर सफल भएका कैयौँ उदाहरण छन् । रुपन्देहीमा वि.सं २०५८ शालमा ४ लाख रुपैयाँ लगानी गरेर सुरु गरेको आले डेन्टलमा आज ४ करोडको लगानी भएको छ । सँगै यसबाट राम्रो आम्दानी पनि भएको छ । २०५८ मा पाल्पामा जन्मिएका कुलबहादुर आलेले अस्पताल लाईनको सटर नं १४ मा पहीलो पटक आफ्नो ब्यबसाय सुरु गरेका थिए । त्यसअघि उनि मिसन अस्पतालको जागीरे थिए । मिसनको अनुभब र काम गराईले उनले सम्पूर्ण ग्राहकको मन जित्न सफल भए । करीब २५ बर्षमा आले डेन्टल समपुर्ण परीवारले सञ्चालन गरेको छ । कुल बहादुरका छोरा मनोज र शुसील लाहुरे हुन नगई डेन्टल शिक्षा अध्ययन गरे । उनिहरु अहिले दिनमा आफ्नो आफ्नो पेशामा संम्लग्न छन् ।
ति नगरेको भए बिदेशीने बाहेक अरु बिकल्प थिएन । आफ्नै देशमा स्वरोजगार निर्माण गरेका आले परीवार आजको दिनमा सन्तुष्ट रहेको सञ्चालक मनोज बताउँछन् । थप ५५ जनालाई रोजगारी दिएको उनले बताए । मासीक ७ लाख खर्च धान्न सहज नै भएको छ । आफ्नो मुलुकमा काम गर्दा इज्जत साथ थोरै खाएर पनी जिबीको चलाउन सहज हुने भन्दै जे गर्न सकीन्छ आफ्नै देशमा काम गर्न उनले सुझाब दिन्छन् । ‘अरुलाई दोस लगाउन सजीलो तर काम गर्न त्यती सहज नभए पनि मेहनत निरनतर आबश्यक छ ।’, उनले भने ‘मेहनतको फल मिठो हुन्छ तर प्रयास निरन्तर हुन आबश्यक छ । युवाले समय बर्बाद गर्न हुदैन आजको समय भोली आउदैन तर व्यबसायका लागि राज्यले वाातावरण बनाइदिन आबश्यक छ ।’ आम नागरीकलाई सेवा दिने यस्तो स्वास्थ्य सेवालाई पैसा कमाउने मात्र नभई सेवाभाबले काम गर्दे आउँदा यहाँ सम्म आईपुगेको उनले बताए । धेरै प्रतीष्पर्धात्मक बजारमा आफुलाई उभ्याउन धेरै मेहनत गरेको उनको भनाई छ ।
‘सुरुसुरुमा काम गर्दा समस्या भएपनि अहिले धेरै सहज भएको छ । मगरको छोरा भएर लाहुरे हुने प्रथा पुरानो परम्परा भएपनि हामिले त्यसलाई तोड्दै गएका छौँ । समाजमा सकेको सहयोग पनि गर्दै आएकोले हामिकहाँ अधीकांश सेवाग्राहीहरु आउनु हुन्छ ।’, मनोजले भने ।
पहीला आबश्यक सबै उपकरणहरु नहुँदा उपचारमा समस्या भएपनि अहिले दाँत तथा मुख रोग उपचारका लागि सबै आधुनीक मेसिनबाट उपचार गर्दै आएको उनले बताए । हाल ब्रीटीस आर्मी, सिंगापुर पुलीस, इन्डीयन भुपुहरुको उपचार साथै सबै पेन्सनरहरुको उपचार हुदै आएको छ । भारत सरकारसँग सहकार्य गर्दै आएको छ । नेपाल सरकारद्धारा पश्चिमाञ्चलमै पहीलो मान्यता प्राप्त यस संस्थाले राज्यलाई नियमसंगत कर बुझाउदै आएकाले राज्यको आम्दानी समेत बढेको छ । यसरी सबै उद्योगी व्यवसायीले कर बुझाउदा राज्य बलीयो हुने र राज्य बलीयो भएपछी जनता त्यसै बलीयो हुन्छौँ भन्ने आलेको धारणा रहेकोे छ । हरेक व्यवसायी राज्यप्रती उत्तरदायी हुने र राज्य नागरीक प्रती उत्तरदायी हुन सकेमा मुलुक बन्नेमा शंका छैन ।
