छायाँक्षेत्र मन्दिरको साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२९ असार २०८२, आईतवार
67 shares

मुक्ति न्यौपाने

वालिङ । स्याङजाको भिरकोट नगरपालिका–४ स्थित रहेको छाङछाङदी छायाँक्षेत्र शिव मन्दिरको २६ औँ साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा भिरकोट नगरपालिकाका प्रमुख गोविन्दकुमार कर्मचार्यले सतिदेविलाई महादेवले बोकी हिँड्दा अन्तिम अस्तु खसेको स्थान भएको र यो धार्मिक स्थलको प्रचुर मात्रामा प्रचार प्रसार गर्न नसकिएको भन्दै यसलाई समिति नैै खडा गरेर सबै प्रचार प्रसारमा लाग्न आग्रह गरे । भारतिय मुलका धार्मिक पर्यटकलाई यस क्षेत्रमा राख्न आउने वातावरण वनाउनुपर्नेमा उनले जोड दिए । गुरुकुलको व्यवस्थापन गर्नुको साथैे गौशाला स्थापना र धर्मलाई संरक्षण गर्नुपर्ने उनले बताए ।

यसैगरि पुर्वनगरप्रमुख छायाँराम खनालले मन्दिरलाई व्यवस्थित बनउनुपर्ने बताए । छायाँक्षेत्र मन्दिरमा एकसय आठ शिवलिग, जलधारा, राधाकृष्ण, विष्णु मन्दिर र राम मन्दिरको स्थापना, व्रम्हा विष्णु र महादेवको मुर्ति स्थापना गर्ने लक्ष्य रहेको व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले मन्दिरलाई व्यवस्थित बनाउनको लागि आर्थिक अभाव नरहेको र जिल्लाकै पुरानो शिवधाम भएकोले मन्दिरको विकासमा एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।