

तुलसीराम पौडेल –
मानपकडी ,श्रावण ३
रुपन्देही स्थित लुम्बिनी नलकुप जल उपभोक्ता संघ क्षेत्रीय समिति मानपकडिको ३४ औ साधारण सभा शुद्धोदन -५ स्थित अन्नपूर्ण बिउ उत्पादक सहकारी संस्थाको सभा हलमा शनिबार सम्पन्न भयो ।
मुलसमिती अध्यक्ष दलबहादुर थापाले एक कार्यक्रमका बीच लुम्बिनी नलकुप जल उपभोक्ता संघ क्षेत्रीय समिति मानपकडिको ३४ औं साधारण सभाको उद्वाटन गर्नुभयो ।सो अवसरमा उहाँले किसानको लागि भैलुभूज सबैभन्दा राम्रो योजना हुँदा हुदै पनि राज्यले ओझेलमा पारेको बताउनु भयो ।किसानका अनगिन्ती समस्याहरु छन् तर किसान एकजुट भएर आवाज उठाउन नसक्दा सरकारले किसानलाई वास्ता नगरेको बताउनुभयो ।साथै उहाँले भैलुभूज परियोजनाबाट संचालित पम्पहरुलाई निरन्तर प्रभावकारी रूपमा संचालनको लागि सम्पूर्ण किसानहरूले आफ्नो पम्प सम्झेर संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा भैलुभूज इन्जिनियर मोहन कुमार नेपाल, मुलसमिती महासचिव अवध विहारी दुबे ,पम्प नम्बर २६ का अध्यक्ष कृष्ण बहादुर महत लगायतले मन्तव्य दिनु भएको थियोे ।कार्यक्रममा क्षेत्रीय समिती अध्यक्ष नवलराज भट्टराईले संस्थाको प्रतिवेदन तथा आयव्यय प्रस्तुत गर्नुभएको थियोे ।
लुम्बिनी नलकुप जल उपभोक्ता संघ क्षेत्रीय समिती मानपकडी रुपन्देहीका अध्यक्ष नवलराज भट्टराईको अध्यक्षता, मुलसमिती अध्यक्ष दलबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको व्यवस्थापन क्षेत्रीय समिती उपाध्यक्ष दामोदर पौडेल र क्षेत्रीय समिति सचीव रमेशचन्द्र मिश्रले गर्नुभएको थियोे ।
क्षेत्रीय समिति सदस्य टिकाराम रानाभाटको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन जितबहादुर चौधरीले गर्नुभएको थियोे ।