मनकारी पदमको समाजसेवाः मृगौला पीडितलाई सहयोग प्रदान

मेचीकाली संवाददाता

७ श्रावण २०८२, मंगलवार
141 shares

मिलन गाहा

बुटवल । मृगौला फेल हुनु आजभोलि सामान्य जस्तै भएको छ । अधिकांश मानिसको मृगौला फेल भएर उपचार गर्न समस्या भएको छ । सबै मानिससंग उपचार गर्ने पैसा हुँदैन, बाध्यतामा ज्यान गुमाउनुबाहेक अरु बिकलप हुँदैन । तर परोपकारी मानिस पनि यो समाजमा छन् ।

समाजमा धन भएका मानिस धेरै छन् तर मन भएका मानिसहरु बिरलै छन् । समाजमा परोपकार गर्नुपर्छ, मरेर केही लैजाने होइन भन्ने सोचका धनी तानसेन नगरपालिका मेहल्धारा निवासी हाल दुबईमा लामो समयदेखि कर्मथलो बनाएका पदमबहादुर रानाले सिद्धबाबा अस्पतालमा दुवै मृृगौला फेल भएर लामो समयदेखी उपचार गर्दै आएका दान बहादुर नेपालीलाई तत्काल ५० हजार सहयोग गरेका छन् ।

लामो समय प्रबासमा बसेर आफ्ना छोराछोरीलाई शिक्ष दिक्षा एिका नेपाली छोराहरु कमाउने ठाउँमा भएपनि आमाबाबालाई हेर्न छाडेका छन् यो रोग नेपाली समाजमा व्याप्त रहेको छ । छोराछोरी बुढेशकालको साहारा भन्ने मान्यता भएतापनि यो मान्यता बिस्तारै लोप हुँदै गएको छ । तर दुबईमा लामो समयदेखि रगत पसिना बगाए पनि सेवाभावले ओतप्रोत पदम रानाले नेपालीको मृगौला प्रत्यारोपणमा जति खर्च लागेपनि बेहोर्ने घोषणा गरेका छन् ।

मंगलबार सिद्धबाबा अस्पतालमा डायलाइसिस गर्दै आएका नेपाली र उनका परिवारलाई सान्त्वना दिँदै उपचारमा लाग्ने खर्च सहयोग गर्ने घोषणा गरेका हुन् । छोटो विदामा नेपाल आएका रानाले लामो समयदेखि नै समाज सेवा गर्दै आएका छन् । मृगौला प्रत्यारोपणका लागि करिब १५ लाख सम्म लाग्ने डा.शक्ति बस्नेतले बताए ।