

राजिव थारु
मानिस सामाजिक प्राणी हो । समाजमा जीवनयापन गर्दा विभिन्न घटना परिघटना हुने गर्दछ । त्यसकारण समाजमा सुरक्षा र सामाजिक न्यायको आवश्यकता पर्दछ । सामाजिक न्यायका लागि विभिन्न न्यायशास्त्र अवलम्बन गरिन्छ । जसमा बौद्ध न्यायशास्त्र पनि एक प्रमुख शास्त्र हो ।
न्यायशास्त्र कानुन तथा नीति नियमहरुको विज्ञान वा दर्शन हो । न्यायशास्त्र (Jurisprudence) शब्द ल्याटिन भाषाको Jurisprudentia बाट आएको हो जहाँ Juris को अर्थ कानुन र prudentia को अर्थ ज्ञान वा सिप भन्ने हुन्छ । त्यसैले न्यायशास्त्रको अर्थ कानुनको ज्ञान वा सिप भन्ने हुन्छ । न्यायशास्त्रलाई विधिशास्त्र पनि भनिन्छ । न्यायशास्त्रले कानुन के हो ? कानुन कुसरी बन्छ ? कानुनको प्रकृति के हो ? मानव जीवनमा यसको महŒव के छ ? यसको क्षेत्र के हो ? लगायतका कानुन तथा नीति नियमहरुको सम्पर्ण विषयको विस्तृत ज्ञान प्रदान गर्दछ ।
त्यसैगरी बौद्ध न्यायशास्त्र भन्नाले गौतम बुद्धको शिक्षाबाट प्राप्त भएको कानुनी दर्शन तथा नैतिक आचरण र व्यवहारको ढाँचालाई जनाउँछ । सिद्धार्थ गौतम बुद्धले बुद्धत्व प्राप्त गरेदेखि महापरिनिर्माण हुँदासम्म ज्ञान अर्तिउदेश तथा नियमहरुको सङ्ग्रह नै बौद्ध न्यायशस्त्र हो । बौद्ध न्यायशास्त्र प्रकृति प्रेममा आधारित छ र यो प्रकृति केवल मानवको मात्र नभई सम्पूर्ण सजिवनिर्जीव प्राणी तथा वस्तुहरुको साझा घर हो र यहाँ सबैले न्यायपूर्ण तरिकाले बाँच्न पाउनुपर्छ भुन्ने अवधारणालाई जोड दिन्छ । बुद्धले दुःख निवारणदेखि राज्य सञ्चालसम्बन्धी सम्पूर्ण ज्ञान दिएका छन् । यी र यस्ता ज्ञान तथा उपदेशहरूको संग्रह नै बौद्ध न्यायनशास्त्र हो ।
बौद्ध न्यायशास्त्रको स्रोतको रुपमा पञ्चशील, आर्य आस्ताङ्गिक मार्ग, त्रिपिटक, बोधिसत्व प्रतिज्ञालगायत बुद्धको शिक्षामा आधारित विभिन्न लेख रचनाहरुलाई लिन सकिन्छ । यी र यस्ता स्रोतहरू मिलेर बौद्ध न्यायशास्त्र बनेको छ । बौद्ध न्यायशास्त्रमा भएका कुराहरु अर्थात् गौतम बुद्धले इसापूर्व पाँचौँ शताब्दिमा दिएका ज्ञान तथा अर्तीउपदेश अहिलेको वर्तमान आधुनिक कानुनी प्रणालीको जगको रूपमा रहेको छ ।
बुद्धले आजभन्दा करिब २५६९ वर्ष अगाडि दिएका पञ्चशील (प्राणी हत्या नगर्नु, चोरी नहार्नु, यौन अपराध नगर्नु, झुठो नबोल्नु, मादक पदार्थ सेवन नगर्नु) जस्ता कुरा अहिलेको कानुनमा पनि बन्देज गरिएको छ । कसैले ग¥यो भने त्यसलाई फौजदारी अपराध मानिन्छ र सजाय हुन्छ । नेपालको कानूनलाई हेर्दा मुलुकी अपराध संहिता २०७४ को प्ररिच्छेद–१२ मा ज्यानसम्बन्धी कुनै पनि कसुर गर्न नहुने भनिएको छ । त्यसैगरी परिच्छेद १८ मा करणीसम्बन्धी कसुर, परिच्छेद २० चोरी तथा डाँकासम्बन्धी कसुर र परिच्छेद २१ मा ठगीसम्बन्धी कसुर रहेको छ ।
त्यसैगरी त्रिपिटकको पहिलो पिटक विनय पिटकमा भिक्षु समुदाय सञ्चालन गर्न बनाएका प्रतिमोक्ख नियम, महावग्ग, चुल्लवग्ग र परिवारमा रहेका विभिन्न नियमहरुले भिक्षु समुदायलाई न्यायपूर्ण तरिकाले सञ्चालन गरेको थियो । यी नियमहरु भिक्षु समुदायका लागि भएपनि यसमा भएका विभिन्न सिद्धान्तले आधुनिक कानुनी प्रणाली प्रभावित रहेको छ ।
जस्तैः– आधुनिक कानुनी प्रणालीको सबैभन्दा महŒवपूर्ण सिद्धान्त अर्थात् विशेषता ‘कानुनको शासन’ को व्यावहारिक प्रयोग बौद्ध जगतमा उतिबेला नै गरिन्थ्यो । वरिष्ठ भिक्षुलगायत सम्पूर्ण, भिक्षु समुदायमा कानुन समान रुपमा लागू हुन्थ्यो । अहिलेको आधुनिक कानुनी प्रणालीमा पनि सबैमा समान रूपमा लागु हुन्छ । कानुनने कुनैपनि जाति, धर्म, धनी गरिब, राजा जनता भन्दैन । सबैमा समान रूपमा लागु हुन्छ । नेपालको संविधान २०७२ को धारा १८ मा समानताको हकसम्बन्धी मौलिक हकको व्यवस्था गरिएको छ । यसै धाराको उपधारा (१) मा सबै नागरिक कानुनकोे दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानुनको समान संरक्षणबाट बन्चित गरिने छैन भनिएको छ ।
विनयपिटकको पहिलो भाग सुत्तविभङ्गको प्रतिमोक्ख नियम अन्तर्गत रहेको अधिकरणसमथ धम्ममा भिक्षु समुदायमा कसैले कसुर ग¥यो भने त्यसको समाधान गर्न सात वटा नियमहरु रहेका छन् । जसमा दुवै पक्षको उपस्थिति, सोधपुछ तथा त्यसको सबुत प्रमाण खुलाई, कसुरदारको मानसिक स्थितिलाई ध्यानमा राखी सम्पूर्ण प्रक्रिया पुरा गरी अन्तिम फैसला गरिन्थ्यो र आधुनिक कानुनी प्रणालीमा यो कार्यविधि कानुनको रुपमा विकसित भएको छ । नेपालको सन्दर्भमा मुलुकी देवानि र फौजदारी कार्यविधि २०७४ अनुसार सम्पुर्ण कर्यविधि पूरा गरी अन्तिम फैसला गरिन्छ । प्रमाण ऐन २०३१ अनुसार प्रचुर प्रमाणका आधारमा फैसला गरिन्छ ।
बौद्ध कानुनको सबैभन्दा महŒवपूर्ण र अनुकरणीय अभ्यास भनेको यसको न्याय निरुपणको विधि र पुनस्र्थपनाको अभ्यास हो । यो कानुनले दण्ड सजायको कठोर अभ्यास होइन बल्की व्यक्तिलाई स्वयमको अन्तर्वोधका माध्ययमबाट माफीको अवसर प्रदान गर्दै पुनः उसलाई संघमा तथा समाजमा घुलमिल हुने शुन्दर परिपाटीको व्यवस्था गरेको छ । बौद्ध कानुनको यही अवधारणाको जगमा टेकेर आधुनिक न्याय प्रणालीमा सुधारात्मक न्याय तथा पुनस्र्थापनाको न्यायको अवधारणा कार्यन्वयनमा ल्याइएको छ । यो सुखद पक्ष हो । तर यसलाई बौद्ध न्यायको मूल मर्मका आधारमा कार्यन्वयन गर्नुपर्दछ । अनिमात्र यसले सही ढङ्गले कार्य गर्न सक्दछ । बौद्ध विनयको आधिकरण समथको मूल मर्म र सन्देश यही होे ।
भिक्षु समुदायमा ज्यादै गम्भिर प्रकृतिका कसुर (पाराजिका कसुर) बाहेकअरू सबै कसुरमा सुधारात्मक न्यायको अवलम्बन गरिन्थ्यो । वर्तमान समयमा पनि सुधारात्मक न्याय प्रणालीको महŒवपूर्ण भूमिका रहेको छ । नेपालको सन्दर्भमा हेर्दा बाल ऐन २०७५ अनुसार बाल अपराधिलाई बाल सुधार गृहमा राखिन्छ र सम्पूर्ण सेवा सुविधा दिइन्छ । त्यसैगरी मुलुकी देवानि संहिता २०७४ अनुसार देवानी मुद्दा सबै र अपराध सहिता २०७४ को अनुसूची ३ र ४ मा मेलमिलाप गर्न सकिने भनी लेखिएको मुद्दामा मेलमिलापको माध्ययमबाट विवादको समाधान गर्न सकिन्छ । यो पनि सुधारात्मक वा पुनस्र्थापनात्मक न्यायकले उदाहरण हो ।
आर्य अस्टाङ्गिक मार्ग, बोधिसत्व प्रतिज्ञा, छ पारमिता जस्ता कुराले पनि मानिसको आन्तरिक जीवन प्रभाव पार्नुका साथै न्यायपूर्ण समाज स्थापनामा महŒवपूर्ण भूमिका खेलेको छ । कानुनको मुख्य काम पनि सम्माजमा शान्ति सुरक्षा कायम राखी न्याययुक्त समाज स्थापना गर्नु हो । त्यसैले यी र यस्ता कुराले आधुनिक कानुनी प्रणालीमा प्रभाव परेको देखिन्छ । जस्तै आर्य अस्टाङ्गिक मार्ग (सम्यक कर्म, सम्यक वाणी, सम्यक आजीविका) भित्र पर्ने झुठो नबोल्ने, लागुऔषध, हतियार व्यापार, प्राणी हत्या, वनजङ्गल फडानी जस्ता कार्यलाई गैर कानुनी रूपमा वर्तमान कानुनले राखेको छ । यससँग सम्बन्धित लागुऔषध नियन्त्रण ऐन २०३३ मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४, वातावरण संरक्षण ऐन २०७६ जस्ता कानुनहरु विकास भएका छन् ।
बुद्धले राज्यलाई उचित तरिकाले सञ्चालन गर्न दश राज धम्मको शिÔामार्फत राजाले अर्थात् सासकले पालना गर्नु पर्ने नियम तथा तात्कालीन राजा बिम्बिसारलाई कल्याणकारी राज्य निर्माणका लागि सुझाएका सात शिक्षाहरु जसलाई पालिमा ‘सत्त अपरिहानी धम्म’ भनिन्छ, जस्ता विधिहरु वर्तमान समयका शासकहरुका लागिपनि उत्तिकै मŒवपूर्ण रहेका छन् । नैतिकतायुक्त नेता, विधियुक्त शासन पद्दति र समाजिक समानताको स्थापनाका लागि बुद्धले बताएका यी प्रावधानहरुको अभावले गर्दा नै देशको आजको जस्तो आक्रान्त अवस्था बनेको हो । जहाँ शक्ति, पहुँच र पैसाको आधारमा न्यायको छिनोफानो हुन्छ । भ्रष्टाचार व्याप्त छ । जनतामा आम निरासा छ । यसको अन्त्यको लागि पनि बौद्ध न्यायको जगमा वर्तमान न्याय सम्पादनलाई जोड्नुपर्दछ अनि शासकीय विधिको तर्जुमा गर्नुपर्दछ ।
अन्ततः बौद्ध न्यायशास्त्र नै आधुनिक कानुनी प्रणालीको मौलिक आधार हो । बुद्धले आफ्नो जीवनकाल अर्थात् आजभन्दा २५६९ वर्ष अघि जतिबेला कुनै पनि उचित कानुनको व्यवस्था थिएन त्यतिबेला नै यस्ता उत्कृष्ट नियमहरुको निर्माण गरेका थिए । जसको जगमा टेकेर अहिलेको आधुनिक कानुनी व्यवस्था अगि बढिरहेको छ । त्यसकारण बौद्ध न्यायशास्त्र आधुनिक कानुनी प्रणालीको जग अर्थात् मौलिक आधार हो ।
हामीले अस्टिन, साल्मोन्ड जस्ता पास्चात्य चिन्तनका कानुनविदहरुको अवधारणाका उदाहरणलाई लिएर हालको न्यायविधि सन्चालनमा रहेको भन्ने मान्यतालाई परिवर्तन गर्दै पूर्वीय चिन्तनमा आधारित विश्व प्रसिद्ध तथा आजसम्मकै सर्वश्रेष्ठ व्यक्ति, आफ्नै राष्ट्रमा जन्मेका बुद्धको शिक्षाको जगमा आधारित बौद्ध न्यायशास्त्रको आधारमा पश्चिमाहरुले कानुनको परिभाषा तय गरेको र अवधारणाको विकास गरेको तथ्यलाई उद्बोदन गर्न सक्नुपर्दछ भने अब निर्माण हुने वा परिवर्तन हुने कानुनहरु बौद्ध न्यायशास्त्रमा आधारित भएर निर्माण वा परिवर्तन गरी कर्यान्वयन गर्नुपर्दछ ।
यसो गर्न सकेमा हाम्रो देशमा मात्र होइन वल्की यस प्रकृतिमा रहेका कुनै प्राणी, दुःखी र अन्यायमा पर्ने छैनन् किनभने बौद्ध न्यायशास्त्र प्रकृति प्रेममा आधारित छ । यसले केवल मानवजगतको हितका अतिरिक्त समग्र प्राणी जगतको हित, समानता र करुणा जस्ता कुरामा जोड दिन्छ । जसले समतायुक्त समाज अनि ममतायुक्त विश्व निर्माणको आधार तयार गर्न सक्दछ । भवतु सब्ब मङ्गलम ! (लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफलको बि.ए.एल्.एल्.बि. दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् ।)