लायन्स क्लव अफ बुटवल देउरालीद्धारा वृक्षरोपण

मेचीकाली संवाददाता

१० श्रावण २०८२, शुक्रबार
72 shares

बुटवल । लायन्स क्लव अफ बुटवल देउरालीले बुटवलको अस्पताल लाइन र नेपालगञ्ज रोडमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

वृक्षरोपण कार्यक्रममा बोल्दै पी.डी.जी पी.एम.जे.फ लायन अर्जुनमान सैजलेु लायन्स क्लव अफ बुटवल देउरालीले स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा उल्लेखनिय कामहरु गदै आएको बताए । क्लबले बजारलाई सफा र सुन्दर हरियाली बनाउन बिभिन्न प्रजातीका बिरुवाहरु बृक्षा रोपण गदै आएको बताए । लायन्स क्लवहरुले स्थानिय सरकारले गर्नुै पर्ने काम क्लवहरुले गदै आएको बताए । लायन्स क्लबहरुले शिक्षा, स्वास्थ्य, गरिव दुखि र असायहरुलाई निरन्तर सहयोग गदै आएको बताए ।

कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष एमजिएफ लायन माधवराज पोखरेलले क्लवको बार्षिक कार्यक्रम अन्र्तरगत बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको बताए । बुटबल बजारमा दैनिक गाडिको सख्या बढदै गएको र बताबरण प्रदुषण हुदै गएको हुदा सडकलाई सफा सुन्दर र हरियाली बनाउन बृक्ष रोपण कार्यक्रम गरिएको बताए । क्लबले बिगतका बर्ष देखिनै बाताबरणहरुलाई हरियाली बनाउन यस्ता बृक्ष रोपण कार्यक्रम निरन्तर गदै आएको बताए ।

कार्यक्रममा लायन्स सिर्जना सैजु क्लबका पूर्व अध्यक्ष तथा जोनचेयर पर्सन लायन रमेश पाण्डे लगायत क्लबका पूर्व अध्यक्षहरू क्लवका प्रथम उपाध्यक्ष द्वितीय उपाध्यक्ष तृतीय उपाध्यक्ष लगातले आआफ्नो धारणा राखेका थिए । कार्यक्रम क्लवका अध्यक्ष माधव पोखरेलको अध्यक्षयता, प्रथम उपाध्यक्ष लायन्स लाल प्रसाद बस्यालको स्वागत तथा सचिव सचिव मनोहर न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।