विजय टोल विकास संस्थाको अध्यक्षमा यमप्रसाद गैरे

मेचीकाली संवाददाता

१२ श्रावण २०८२, आईतवार
117 shares

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ स्थित विजय टोल विकास संस्थाको चौधौँ साधारणसभा तथा आठौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः यमप्रसाद गैरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा धुव्र सापकोटा, सचिवमा दिनानाथ आचार्य, कोषाध्यक्ष वागमती श्रेष्ठ, सहससचिवमा सिर्जना नेपाल चयन भएको निर्वाचन कमिटी संयोजक केशवराज न्यौपानेले जानकारी दिए । यस्तैगरी सदस्यहरुमा निर्मला अधिकारी, बाबुराम पोखरेल, दिनमणी अधिकारी, द्रोणप्रसाद भुसाल, इदित थापा रहेका छन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष यमप्रसाद गैरेको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका–१३ का वडाध्यक्ष नारायणप्रसाद पुनको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा जनप्रतिनिधि लालबहादुर गुरुङ, धुव्र थापा (झविन्द्र), पाणिनीका ऋषिराम आचार्य, झोलुङ्गे पथ टोल विकास संस्थाका अध्यक्ष नोराज पौडेल, जितगढी टोल विकास संस्थाका अध्यक्ष ताराप्रसाद गौडेल, शान्ति चोक टोल विकास संस्थाका अध्यक्ष माया बेलबासे, न्यूरेटोल विकास संस्थाका कोषाध्यक्ष गिता आचार्य, सिर्जना टोलबाट माया आचार्यलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा एसईई परीक्षामा ‘ए’ प्लस ल्याउने कृष्टी ठकुरी, सम्झना बञ्जाडे र स्पर्श सापकोटालाई सम्मान गरिएको थियो । यस्तैगरी ज्येष्ठ नागरिकतर्फ प्रेमप्रसाद श्रेष्ठ, मानकुमारी श्रेष्ठ र अमकला पौडेललाई सम्मान गरिएको थियो । साथै उक्त कार्यक्रममा ५० हजार रुपैयाँको अक्षय कोष प्रदान गर्ने जमुना आले, वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने ताराप्रसाद नेपाल तथा संसथामा उत्कृट कार्य गर्ने सललाहकार दिनानाथ आचार्यलाई सम्मान गरिएको थियो । यस्तै संस्थालाई कुर्ची सहयोग गर्ने सहयोगी दाताहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बुटवल–१३ का वडाध्यक्ष नारायणप्रसाद पुन, निर्वाचन कमिटी सदस्य पुनाराम घिमिरे, बसन्ता गैरेलगायतले आआफ्नो भनाइ राखेका थिए । अधिवेशनले अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत रुपमा पास गरेको छ । कार्यक्रम मञ्जु पौडेलको स्वागत तथा सचिव धुव्र सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।