रुपन्देहीको मायादेवी वडा नम्बर ७ को भवन शिलान्यास

मेचीकाली संवाददाता

१३ श्रावण २०८२, सोमबार
80 shares

 

तुलसीराम पौडेल 

मायादेवी ,श्रावण १२

रुपन्देहीको मायादेवी गाउपालिका वडा नम्बर ७ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । मायादेवी गाउपालिका वडा नम्बर ७ का वडाध्यक्ष वडाध्यक्ष शैलेन्द्र कुमार पाण्डेयको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा आज सोमबार एक कार्यक्रमका बिच वडा कार्यालय भवनको शिलन्यास गारिएको हो । 

भवनको शिलन्यास गर्नु हुदै प्रमुख अतिथी चौधरीले वडा नम्बर ७ कार्यालयको शिलन्यास कार्यक्रमले जनतामा नया आशा जागेको बताउनु भएको छ । उहाले वडाले जनताको पक्षमा रहेर सदैव काम गर्ने बिश्वास ब्यक्त गर्नु भएको छ । 

लुम्बिनी प्रदेश सभा सदस्य चौधरीले वडा नम्बर ७ मा खानेपानीको टयांकीको ब्यवस्थापन गर्ने गरी बजेट ल्याउन आग्रह गर्नु भएको छ । उहाले आफुले बिगत लामो समय देखि खानेपानीको टयांकी ल्याउने सोच बनाए पनि त्यो साकार गर्न नसकेको बताउदै यसलाई वडा र गाउपालिकाले पहल गरी जनताका माझ स्वच्छ खानेपानीको  ब्यवस्थापन गर्न अनुरोध गर्नु भएको छ । उहाले यहाका स्थानियले भोग्दै आएको खानेपानीको समस्यालाई समयमै समाधान गर्न आग्रह गर्दै यसमा आफुले सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । 

उहाले मायादेवी गाउपालिकामा भएका नदीको दोहनलाई नियन्त्रण गर्न सके मात्र बिभिन्न प्राकृतिक बिपत्तीबाट बच्न सकिने बताउनु भयो । उहाले यहा भएका नदीहरुको तटबन्ध गर्न यहाका स्थानियको प्रमुख माग रहेको बताउदै भुसंरक्षण गर्नुपर्ने जोड दिनु भयो । 

यस्तैगरी गाउपालिका अध्यक्ष धुब्र नारायण चौधरीले मायादेवी गाउपालिकाले सधैँ नागरिकको पक्षमा रहेको बताउनुभएको छ । उहाँले नागरिकको हितविपरीत गाउपालिकाले कुनै पनि कार्यक्रम नगरेको उल्लेख गर्नु भयो । उहाले गाउपालिकाका कतिपय वडा कार्यालयको आफनै भवन नभएकोले यसलाई बिशेष ख्याल राख्दै हरेक वडाको आफनै भवन निमार्णमा गाउपालिकाले पहल गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले बन्दै गरेको वडा कार्यालय पायक क्षेत्रमा भएकोले एकीकृत सेवा प्रदान गर्नमा वडाले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । उहाले बन्दै गरेको वडा कार्यालय ७ नजिकै स्वास्थ्य कार्यालय नजिकै रहेको आगामी दिनमा आयुर्वेद औषधालय निमार्णका लागी अवधारणा आएकोले एकै ठाउबाट बिभिन्न सेवाहरु प्रदान गर्न सकिने जोड दिनु भयो । उहाले गाउपालिकाले जनताको इच्छा चाहना अनुसार र आफुले बाचा गरे अनुरुप काम गर्दै सेवा प्रदान गर्दै आएको जोड दिनु भयो । 

गाउपालिका अध्यक्ष चौधरीले निर्माण व्यवसायीलाई गुणस्तरीयसहित समयमै वडा कार्यालय भवन निर्माण गर्न आग्रह गर्दै नयाँ भवन निर्माण सम्पन्न भएसँगै सम्पूर्ण वडावासीले सहज रूपमा सेवा लिन पाउने विश्वास व्यक्त गर्नुभएको छ । 

यस्तै गरी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेलले प्राविधिक अध्ययन अनुसन्धान समय बदलिदो परिवेशअनुसार भुकम्प प्रतिरोधात्मकका साथै अपांगमैत्रीको हिसाबले वडा कार्यालय भवन निर्माण हुने बताउनु भएको छ । उहाले गाउपालिकाको विकास बजेटबाट भवन निर्माण गरिने बताउनुभयो । जनतालाई आफनै कार्यालयबाट सरल र सहज रुपमा सेवा प्रवाह दिने उदेश्यका साथ वडा कार्यालय भवनको निमार्ण कार्य अगाडी बढाएको बताउनु भएको छ । 

मायादेवी गाउपालिकालाई फरक तरिकाबाट संचालन गर्नका लागी स्मार्ट मायादेवी गाउपालिका बनाउने तर्फ योजना बनाइरहेको जानकारी दिदै बिद्युतीय सेवा प्रवाहमा मायादेवीलाई अब्बल पालिकाको रुपमा बिकास गर्ने प्रतिबद्धता गर्नु भएको छ । लुम्बिनीमा आउने पर्यटकलाई मायादेबीमा स्वागत गर्दै यस गाउपालिकालाई  पर्यटकीय हबको रुपमा बिकास गर्न सकिने जोड दिनु भयो । 

मायादेवी गाउपालिका कृषि, पर्यटकीय क्षेत्रको अब्बल सम्भावना बोकेको गाउपालिका भएकोले यसलाई शहरको रुपमा बिकास गर्न सकिने योजनाको साथ काम गर्ने प्रतिबद्धता गर्नु भएको छ । 

यस्तै गरी वडाध्यक्ष शैलेन्द्र कुमार पाण्डेयले नया बन्ने वडा कार्यालय निमार्णमा यहाका स्थानिय जनताको उत्तिकै साथ र सहयोग भएको बताउनु भएको छ । उहाले वडा कार्यालय एक ब्यक्तिको मात्र नभई सबैको साझा सम्पत्ति भएकोले ठेकेदारको काम र कमीकमजोरीलाई औल्याउन आग्रह समेत गर्नु भएको छ । उहाले प्रमुख समस्याको रुपमा रहेको महुवारीमा तटबन्धको एकदमै आवश्यकता भएकोले यसको पहल र ब्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले मापदण्ड बिपरीत बालुवा उत्खननले गर्दा नदीको तट भत्किदै गएकोले महुवारीका जनता उच्च जोखिममा रहेको बताउनु भएको छ  । उहाले महुवारी देखि बनगाई सम्म बाटोको ब्यवस्था भए पनि पानीको निकास हुने ठाउ नहुदा त्यहाका जनता धेरै जोखिम मोल्नु परेको दुखेसो ब्यक्त गर्नु भयो । वडाध्यक्ष पाण्डेयले गाउपालिका अध्यक्षबाट वडाको बिकासको लागी निरन्तर रुपमा सहयोग प्राप्त हुदै आएको र यहाका स्थानिय जनताको पनि उत्तिकै साथ सहयोग पाएको बताउनु भएको छ । 

शिलन्यास कार्यक्रममा वडासचिव बिजय कुमार यादवको स्वागत मन्तब्य रहेको कार्यक्रम संचालन हाटी बनगाई स्वास्थ्य चौकी प्रमुख रुद्रबहादुर रोकाहाले गर्नु भएको थियो भने कार्यक्रममा स्थानिय , जनप्रतिनिधी, कार्यपालिका सदस्य, वडाका कर्मचारी तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।

२०८२ साल असार २३ गते सम्झौता भएको यस वडा कार्यालय भवनको निर्माणको काम २०८३ असार ६ गतेभित्र इस्टिमेटअनुसार सम्पन्न गर्ने गरी सत्य कन्टक्सन संग सम्झौता भएको छ । १ करोड ३५ लाख २२ हजार एक सय ६६ रुपैया लागतमा अपाङ्गमैत्री भवन निर्माण हुने भएको छ ।