

गणेश खनाल
अर्घाखाँची । अर्घाखाँचीका ग्रामिण भेगमा कालोपत्रे कार्यले तिव्रता पाएको छ । जिल्लाका टोल टोलमा सडक विस्तार भएको अर्घाखाँचीमा पछिल्लो समय गाउँबस्तीमा समेत कालोपत्रेले तिव्रता पाएको छ । कालोपत्रे भएपछि बर्खायाममा समेत यातायात सहज भएको छ ।
गत आर्थिक ०८१/८२ मा सडक पूर्वाधार कार्यालय विकास कार्यालय अर्घाखाँचीले ३.३२ किलोमिटर नयाँ ट्रयाक,२७.६३ किमी कालोपत्रे, ५.३७ किमी सडक ढलान, ३१ किमी सडक चौडाइ गरेको जनाएको छ । यस वर्ष १४५ सडक योजना निर्माण सम्पन्न भएको कार्यालय प्रमुख गोपीराज पुन मगरले जानाकारी दिए । १ अर्व २ करोड ३६ लाखँ रुपैयाँ योजना सम्पन्न गर्न रकम खर्च भएको मगरको भनाइ रहेको छ । बहुवर्षिय जिल्लाका गौरवमा ११ योजना निर्माणधीन अवस्थामा रहेका छन् । स्रोत प्राप्त भएका ९ वटा बहुवर्षीय सडक, पुलहरुको बोलपत्र आह्वान गरिएको कार्यालयले जानाकारी दिएको छ ।
६ स्थानीय तह रहेको अर्घाखाँचीमा सबै स्थानीय सरकारले पनि सडकलाई प्राथमितामा राखेका छन् । जिल्लाको पाणिनी गाउँपालिकाले गाउँपालिका र संघ सरकारको समपुरक योजनाअन्र्तगत पाणिनी गाउँपालिकाले भञ्ज्याङ्ग–धातिवाङ्ग–डाडाँकटेरी सड्कअन्तर्गत झन्द्रेक र धातिवाङ्गको फेदीखोलामाथी पक्की ढलाई ३५० मिटर गरेको पाणिनी ६ का वडा अध्यक्ष कृष्णप्रसाद पोडेलले जानकारी दिए ।
शीतगंगा नगरपालिकाले झोलुङ्गेपुल सुवर्णखाल र ठाडा जुकेना गल्दा सड्कलाई पिचँ गरेको छ । छत्रदेव गाउँपालिकाले गतवर्ष ५ किलोमिटर सडक पिचँ गरेको प्राविधकि प्रमुख साजन पाण्डेले जानकारी दिए । भूमिकास्थान नगरपालिकामा हालसम्म ४२ किलोमिटर सड्क पिच गरेको छ । ०८१/८२ नगरपालिकाले ३ किलोमिटर सड्क पिचँ गरेको अधिकृत शेषकान्त घिमिरेले जानकारी दिए ।
मालारानी गाउँपालिकामा ०८१/८२ मा ३.५ किलोमिटर सड्क कालोपत्रे भएको छ । ८ किलोमिटर सड्क पिचँका लागी स्टकचर तयार भएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिए । सन्धिखर्क नगरपालिकाले अहिलेसम्म २३ किलोमिटर सड्क पिच गरेको छ । गतवर्ष मात्रै ४.८ किलोमिटर पिँच गरेको प्रावधिक प्रमुख प्रमोद केसीले जानकारी दिए ।